दावा जाङ्बु शेर्पा (खिजीदेम्बा) दोस्रो थोले देम्बा पर्यटन महोत्सव २०७५ हुने भएको छ । पोकली थोलेदेम्बा पिके पर्यटन बिकास संरक्षण समिति ओखलढुंगाको आयोजनामा यहि चैत २२ र २३ गते हुन गइरहेको कार्यक्रमको उद्घाटन चैत २२ थोले देम्बा डांडा बाट सुरु भइ चैत २३ खिजीदेम्बा बजार महोत्सवको समापन हुने आयोजकले बताएका छन्
कार्यक्रममा ख्याती प्रप्त कलाकारहरुको बेजोड प्रस्तुति, स्थानीयहरुको विभिन्न झांकी प्रदशन, थोलेदेम्बा शिर्षको कविता बाचन प्रतियोगिता हुने र कविता बाचन प्रतियोगितामा नगद पुरस्कार पनि रहेको जनाएको छ।
पहिलो महोत्सवको सिकाइ आदान -प्रदान तथा उपलब्धि समिक्षा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बिज्ञहरुहरुको दिगो बिकास र पर्यटन प्रबर्दन समन्धि प्रशिक्षण अतिथिहरुको शुभकामना मन्तव्य लगायत विभिन्न कार्यक्रम साथमा निशुल्क दन्त शिविर तथा स्वास्थ्य सेवा जस्ता कार्यक्रमहरु समेत हुनेछन्
थोलेदेम्बा,काठमाडौंबाट करिब २१५ किलो मिटर पूर्वोत्तरमा अवस्थित,ओखलढुंगाको सबैभन्दा अग्लो रमणीय डाँडा हो । समुन्द्र सहत देखि ३१५० मिटर उचाईमा रहेको त्रिभुजाकार थोलेदेम्बा,नेपालका उस्ता उस्तै उचाईका ७ प्रख्यात डाँडाहरु मध्ये १ हो । नेपालको नक्सा लिँदा प्रयोग गरिएका ७ वटा डाँडाहरु मध्ये प्रयोग भएको १ हो,थोलेदेम्बा । थोलेदेम्बाबाट आकर्षक दृष्यहरु प्रष्ट देख्न सकिन्छ ।