नवरात्रीको आठौँ दिन महाअष्टमी पर्व आज शक्तिस्वरुपा महाकालीको पूजा गरी मनाइँदैछ ।
विशेषगरी आज शक्तिस्वरुपा महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा गरी रातमा कालरात्री गर्ने चलन रहेको छ ।
आज दसैँ घर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । मध्यराती कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आजा सहित मनाउने चलन छ ।
पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्दछन् ।

श्रोत इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय