लिस्बन । नेपाल पत्रकार महासंघ केन्द्रद्वारा पोर्तुगलमा गठित तदर्थ समितिलाइ नेपाल पत्रकार महासंघको प्रवास समितिमा थप गर्दै पोर्तुगल शाखाको मान्यता दिने निर्णय गरेको छ ।
गत फागुन ११ गते नेपाल पत्रकार महासंघ केन्द्रको बैठकले तदर्थ समितिको प्रस्ताव स्वीकृत गरिएको जानकारी गराउदै महासंघका महासचिव रमेश विष्टले केन्द्रको समन्वय शाखा पोर्तुगलको अधिवेशन गर्न पत्राचारमार्फत अनुरोध गरेका छन् ।
नेपाली पत्रकारिता क्षेत्रमा कलम चलाउदै आएका पत्रकारहरुको बाक्लो उपस्थिति रहेको पोर्तुगलमा गत २० जुन २०१९ का दिन महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र युरोप शाखाका अध्यक्ष केजिन राइको बिशेष उपस्थितिमा एक भेलाको आयोजना गरेर महासंघको पोर्तुगल शाखा प्रस्ताव गर्ने निर्णय गर्दै नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव समेत रहेका योगेन्द्रमिलन छन्त्यालको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो ।
उक्त पोर्तुगलका नेपाली पत्रकारको भेलाले तदर्थ समितिका संयोजकमा योगेन्द्रमिलन छन्त्याल, सह-संयोजकमा राजकुमार थापा, प्रवक्तामा पेम्बा गेलु शेर्पा, त्यसै गरि सदस्यमा भगवान् गिरी, यामबहादुर गुरुङ, वासु सत्याल र निरञ्जन सापकोटा एवं सल्लाहकारमा राजकुमार दिक्पाल र नारायण अर्याललाई चयन गर्दै केन्द्रलाई सिफारिस गरेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh