सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले बिश्व प्रेष स्वतन्त्रताकाे घोषणा गरेपछि नेपालमा पनि सन १९९५देखि लगातार रुपमा मनाइदै आइरहेकाे छ ।यस बर्षकाे दिवसकाे नारा भय र पक्षधरतामुक्त पत्रकारिता भन्ने रहेकाे छ ।

मिडियालाइ समाज र राष्ट्र परिवर्तनकाे संबाहककाे रुपमा मानिन्छ ।आजकाे दिन बिशेषगरी प्रेस स्वतन्त्रता ,प्रेस हननका घटनाहरु ,श्रमजीवि पत्रकारहरुकाे सेवा सुबिधा ,पत्रकारमाथि हुने ज्यादति र हिंसात्मक घटनाहरुकाे तथ्यांक सार्बाजानिक गर्दै समाचार लेखेकै भरमा ज्यान गुमाइएका पत्रकारहरुलाइ सम्झने गरिन्छ ।पत्रकारहरुकाे दुख शुखकाे पाटाे समिक्षा गर्ने भएकाेले प्रेष स्वतन्त्रता दिवस पत्रकारहरुकाे उत्सब र चाडकाे दिनकाे रुपमा पनि लिने गरिन्छ । नेपालमा पत्रकारहरुले स्वतन्त्र रुपमा पत्रकारिता गर्न सकिरहेकेा अवस्था छैन ।

भौतिक रुपमा पत्रकारहरु असुरक्षित हुनु,समाचार लेखेकै भरमा साइबर क्राइम लगायात अन्य मुद्दा लगाउन राज्यकेा बिभिन्न संयन्त्र र प्रणालीहरुनै उक्सिरहेकाे छ ।समाज र राष्ट्रकाे परिबर्तनका लागि पत्रकारिता मार्फ़त ब्यक्त अभिव्यक्तहरुलाइ सत्ता र सरकारले अस्वीकार गर्ने प्रबृति नाैलाे भने हैन ।पत्रकारहरुकाे हकहित,सीप क्षमताबृद्दिकाे लागि निजि क्षेत्रहरुकाे मात्र सहभागिता र लगानी रहेकाे पाइन्छ ।राज्यले आफ्नाे एक अभिन्न अंगकाे बिकासकाे लागि लगानी गर्नुकाे साटाे उल्टै पत्रकारिताकाे घाँटी निमाेट्ने काम गरिरहेकेा छ ।
राष्ट्रकाे कार्यकारी प्रमुख नै संचार माध्यमले अपबाह फैलाइरहेकाे र असहयाेग फैलाएकाे भन्दै बिराेध गर्न थालेका छन ।पत्रकारहरु प्रति हुने असहिष्णु ब्यबहारकाे नीम्ति पत्रकार महासंघ ढटेर बिराेध गर्न सकिरहेकाे छैन ।मुलधारका मिडिया मानिने सरकारी संचार माध्यमहरुले सरकारकाे गुप्तचरकाे रुपमा मात्र काम गरिरहेकाे पाइन्छ ।सरकार र सत्तारुढ दलकाे कमीकमजीेरी लेखेमा ज़ागिर बाट हात धुनुपर्ने डरैले समाचार र सुचना लुकाउनु पर्ने अवस्थाहरुपनि छ ।संचार माध्यम जस्ताे पवित्र क्षेत्रमा राजनैतिक नियुक्ति हुने प्रबृतिकाे कारण नै सरकारी संचार माध्यममा सरकारकाे कमीकमजाेरी र आलाेचनात्मक सुधार अभिब्यक्त गर्न अंकुश लगाएकाे हुन्छ ।

समाजका अपराधिक र भ्रष्ट असामाजिक तत्वबाट पत्रकारहरूमाथि आक्रमण भइरहेको र गैर राज्य पक्षको आक्रमण निरुत्साहित गर्न राज्य संयन्त्र संवेदनशील हुनुपर्नेमा राज्यकै संयन्त्रबाट प्रेसविरुद्ध देखिनुले झनै भयावह अवस्थाको चित्रित गरेकाे छ ।पत्रकारहरु आवाजबीहिनहरुकाे आवाज बन्न दशकाैदेखि एकै किसिमकाे कुरा दाेहाेर्याउनु परेकेा र एकैखाले परिस्थिति र समस्या छ ।

अहिले काेराेना भाइरसले बिश्व मानव अस्तित्वमाथि प्रश्न उठाइरहेकाे छ तर पत्रकारहरु सामान्य कपडाकाे मास्क लगाएर आफ्नाे ज्यानलाइ जाेखिममा राखी कार्यक्षेत्रमा खटिरहेका छन ।राज्यबाट पत्रकारहरुलाइ हाैसला ,प्राेत्साहन पाउनुकाे साटाे बिभिन्न किसिमकाे धम्की र आराेपहरु सहन बाध्य छन ।

नेपालमा संवैधानिक दृष्टिले तुलनात्मकरूपमा अहिले प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यस अनुरूप वातावरण बन्न सकेको छैन । एकातिर प्रेस आफै पनि मर्यादित हुन जरूरी छ भने राज्यले पनि स्वनियमको माध्यमबाट यसलाई संरक्षण, संवर्धन एबं विकासका निम्ति नीतिगत, कानुनी र संरचनागत क्षेत्रमा थुप्रै काम गर्न बाँकी छ । प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकासका साथै नेपाल राष्ट्र र नेपाली समाजको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस्, विश्व प्रेस स्वतन्त्रता दिवस २०२० को अवसरमा सबै पत्रकारहरुलाइ हार्दिक शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय