कृष्ण हमाल कामना न्युज, शेर्पा समुदायको महान् चाड साथै नयाँ वर्षको सुरुवात (स फो खि ल्हो 2145औँ )तथा ” ग्याल्पो लोसार २०७४ साँस्कृतिक साँझ ” शेर्पा किदुग बहराइनको आयोजनामा बहराइनमा आगामी १६ फेब्रुअरी २०१८ को दिन बहराइनको राजधानीमा अवस्थित डेल्मोन इन्टरनेशनल होटेलको अडिटरियममा हुँदैछ ।

उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित रास्ट्रीय कलाकारहरूहरुको साथमा बहराइनका नेपाली कलाकारहरुको समेत प्रस्तुति रहने जानकारी आयोजक शेर्पा किदुग बहराइनका महासचिव तथा समाजसेवी निमा शेर्पाले बताउनु भएको छ । शेर्पा समुदायको महान् चाड साथै नयाँ वर्षको सुरुवात (स फो खि ल्हो 2145औँ )तथा ल्होसार पर्वमा बहराइनमा पहिलोपटक कार्यरत शेर्पाहरुले नेपाली कलाकारहरुको साथमा गर्दै हुनुहुन्छ ।

विशेष अथिती आचार्य कार्मा रिन्जिङ शेर्पा,ख्यातिप्राप्त गायक छिरिङ शेर्पा, , लोक तथा दोहोरी गायिका सम्झना भन्डारी र कार्यक्रम संचालिका जेनि शेर्पालाई बहराइनको एउटै मंचमा उतार्दैछ । उक्त साँस्कृतिक कार्यक्रमलाई भब्य , सभ्य र अनुशासित रूपमा सफल गरिदिनुहुनको साथै कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुनको लागि शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पाले अनुरोध गर्नुभएको छ ।

शेर्पा किदुग बहराइनले आयोजना गरेको कार्यक्रमका थप अाकर्षणहरु शेर्पा परिकार(खाप्स्यो,फेमार) , शेर्पा नृत्य( शेब्रु) विभिन्न जातिय नृत्य , एक टाईमको खानाको समेत आयोजकले ब्यबस्था गर्नुभएको छ । बहराइनका नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । उक्त कार्यक्रमको टिकटदर सुलभ बिडी ३/- मात्र रहेको छ । उपस्थित सबैलाई शेर्पा किदुग बहराइनले सबैलाई १ निशुल्क खानाको ब्यबस्था गरेको छ । मिति:-१६/०२/ २०१८ (शुक्रवार ) समय:- ठिक ४:०० बजेदेखि स्थान :-डेल्मन इन्टरनेसनल होटल(मनामा) आयोजक:- शेर्पा किदुग परिवार
-kamananews

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय