काठमाडौं, बुद्ध जन्मेको देशमा बौद्ध धर्मावलम्बीहरुमाथि विभेद भएको बारेमा राष्ट्रिय सभाका सांसद युटोल तामाङले आवाज उठाएकी छन्।
राष्ट्रिय सभाको बैठकमा सदस्य युटोल तामाङले राज्यका निकायहरुबाट बौद्ध धर्मावलम्बीहरुप्रति विभेद भइरहेको आरोप लगाइन्। राज्यको कुनै पनि निकायमा बौद्ध धर्मावलम्बीको पहुँच नभएको प्रति ध्यानाकर्षण गराउँदै तामाङले भूकम्पले भत्केका २५ सयभन्दा बढी गुम्बाको पुर्ननिर्माणमा राज्यले ध्यान नदिएको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराइन्।
‘गुम्बा विकास निर्माणका लागि सरकारले योजना दिदैन। हाम्रो यहाँ धार्मिक शोषण भएको छ,’ तामाङले भनिन्। गुम्बा शिक्षामा सरकारले लगानी गर्नु पर्ने उल्लेख गर्दै उनले भनिन्, ‘बौद्ध धर्मावलम्बीलाई पनि शिक्षामा अगाडि बढाइयोस्। गुम्बा शिक्षाका विषयमा सरकारको के धारणा छ? गुम्बाले पाँच सयदेखि ६ हजार विद्यार्थीलाई पढाइरहेको छ। गुम्बाका गुरुहरुलाई नेपाल सरकारले के दिन्छ? शिक्षा नियमावलीमा पनि गुम्बा शिक्षामा छातृबृतिको व्यवस्था गरियोस्।’
श्रोत पहिलो पोस्ट