काठमाडौँ, असोज १६ । शेर्पाको भाषा, धर्म, कला, सांस्कृतिको संरक्षण गर्न दक्षिण भारतको मइसुर (पेनोर् रिन्पोक्षे) को गुम्बाबाट आर्चाय, खेन्पो शिक्षा लिएका शेर्पा लामा धर्म गुरुहरुले हिमालयन शेर्पा बौद्ध संस्कृति संरक्षण समाज खोलेका छन ।
बौद्ध तिनचुलिमा आज विधिवत रुपमा संस्थाको कार्यलय स्थापना गरेको कोषाध्यक्ष साङ्गे लामाले जानकारी दिनु भएको छ ।
शेर्पाको भाषा, धर्म र संस्कारहरू लोप भएर गइ रहेको अवस्थालाई मध्यनजर गर्दै सेङ्डग् टुल्कु ज्यूको अध्यक्षतामा २०७३ सालमा यो संस्थाको स्थापना भएको हो । भाषा, धर्म, सांस्कृतिको संरक्षणमा शेर्पा लामा, धर्म गुरु, खेन्पो, आर्चायहरुको यस तर्फ ध्यान जानु पर्ने र संरक्षण अभियानमा लाग्नका लागि संस्थाको स्थापना भएको शेर्पाले जानकारी दिनुभयो ।

स्थापनाको पहिलो बर्षमा निशुल्क रुपमा धर्मिक यात्राका लागि एक सय चालिस जना तिर्थयात्रीलाई भारतको बुद्धगय लगायतको धार्मिक स्थालहरुको दर्शन र तिन सय जनालाई शेर्पा सेवा केन्द्रमा पुर्व अभ्यास(ङोन्डु) गराएका थिए भने अहिले शेर्पा सेवा केन्द्रमा ४६ जना प्रशिक्षर्थीहरुलाई शेर्पा लिपि संम्बोटा लिपिको प्रशिक्षण यस संस्थाले दिइरहेको छ । । तिर्थ यात्रा, पुर्व अभ्यास पुजा र लिपि प्रशिषण कार्यक्रम बार्षिक रुपमा हुने महासचिव  लोपोन ङवाङ थुतोब ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय