मुस्ताङ किदुक अमेरिकाको सातौ अधिवेशनबाट अध्यक्षमा पेमा छिरीङ गुरुङ निर्विरोध निर्वाचित भएको छ । रोजगारी र अध्ययनका लागि अमेरिकामा रहेका मुस्ताङबासीको साझा सस्थाको रुपमा मुस्ताङ किदुक अमेरिका रहेको छ । मुस्ताङबासीको भाषा, कला र सांस्कृतिलाई विदेशी भुमिमा जोगाइ राख्ने अभियानमा किदुक विगत ७ बर्ष देखि लागि परेको छ । किदुकले मुस्ताङ जिल्लामा हुने सामाजिक क्षेत्रमा पनि साथ दिदै आएको छ ।

नवनिर्वाचिन कार्यसमितिहरुमा श्री पेमा छिरिङ गुरुङ अध्यक्ष,  श्रीमति टसी डोमा गुरुङ बरिष्ठ उपाध्यक्ष, कर्म छिरिङ गुरुङ उपाध्यक्ष, छेवाङ सम्डुक गुरुङ महासचिव, तेन्जिङ गुरुङ कोषाध्यक्ष, मानव झ्याब्याङ गुरुङ सचिव, टसी ग्यम्जो गुरुङ सहकोषाध्यक्ष, बोर्ड सदस्यहरु छिरिङ रितर गुरुङ, पासाङ गुरुङ, कुङगा गुरुङ, कोन्चोक गुरुङ, सोनाम छिरिङ गुरुङ, छिरिङ वाङचुक गुरुङ, झिक्मी ठकुरो, नम्ग्याल गुरुङ, कर्म रप्के ठकुरी,ङुटुङ गुरुङ रहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय