स्व पासङ ल्हमु शेर्पाले सर्वोच्च शिखर सगरमाथाको २०५० साल बैशाख १० गते सफल आरोहण गरि विश्व कीर्तिमान कायम गरे देखि शेर्पा समुदायमा सागरमाथा आरोहण गरी नाम र धाम कमाऊन धेरै शेर्पा महिलहरू अकर्सित भाएको पाईन्छ । शेर्पा महिलाहरूले विभिन्न शीर्सकमा विश्व कीर्तिमान कायम गरि सकेको छ । आउने सिजनमा मात्र एक दर्जन भन्दा बड़ी शेर्पा महिलहरू विभिन्न कीर्तिमानी कायम गर्न सागरमाथा आरोहण गर्दै गरेको बिबरण हिमाली सन्देशले प्रकाशन गरेको छ ।

विश्व ईतिहास रच्दै शेर्पा महिला पत्रकार डोमा

पहिलो शेर्पा महिला पत्रकारको रुपमा सगरमाथा आरोहण २०१८ को तयारिमा रहेकी सन्चारकर्मी डोमा शेर्पाले २५ गते आइसल्याण्ड पिक आरोहण गरेकि छिन । महिला शसत्तिकरण, पत्रकारिता क्षेत्रमा महिलाहरुलाइ अग्रसर गराउन र नेपालको पर्यटनलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय स्थरसम्म पुर्‍याउने उद्देश्यका साथ शेर्पाले सगरमाथा आरोहण तयारिका लागि आइसल्याण्ड पिक आरोहण गरेकी हुन । सगरमाथा आरोहणको पहिलो खुड्किला पिक आरोहण सफल भएको डोमाले जानकारी दिएकी छिन ।

 

सगरमाथा चुचुरोमा क्याफे खोल्दै दाबुटी शेर्पा

सगरमाथा आरोहण चुनौती पूर्ण छ र यो आफैमा एउटा रेकर्ड हो । तर धेरैले सगरमाथा आरोहणसंगै थप रेकर्ड पनि बनाएका छन् । सबैभन्दा छिटो आरोहण गर्ने, सानो उमेरमा आरोहण गर्ने, बढी उमेरमा आरोहण गर्ने, बिना अक्सिजन आरोहण गर्ने आदि आदि । यस्तै नयाँ रेकर्डका साथ सगरमाथा आरोहण गर्ने लक्ष्य लिएकी छन् लखाको उत्तरी गाँउ गौरीशङ्कर गाँउपालिका स्थित सिमीगाँउकी २३ बर्षिय दाबुटी शेर्पाले । सिमीगाउँमा विसं २०५१ सालमा जन्मिएकि दाबुटी शेर्पा नेपाली कफी प्रमोशन गर्ने उदेश्यका साथ पहिलो बारिष्टा महिला शेर्पा सगरमाथा अभियान सन् २०१८ मा सगरमाथा आरोहण गर्ने तयारीमा जुटेकी छन् ।

सन् २०१३ मा मितिनी क्याफेबाट कफी सम्बन्धी तालिम लिएकी उनले राम्रो काम गरेकै कारण मितिनि क्याफेमानै काम गर्ने अवसर पाईन । काममा केही बर्षको अनुभव पश्चात उनले मितिनी क्याफेबाट नै कफी सम्बन्धी तालिम दिदै आफ्नो पेशालाई अगाडी बढाई रहेकी छन् । अहिले उनी बौद्धमा मितिनीकै शाखाको रुपमा आफ्नै मितिनी नामकै क्याफे सञ्चालन गरिरहेकी छन् । सगरमाथाको आरोहण गर्ने आफ्नो सानो देखिको शौख पनि पुरा हुने र आफ्नो व्यवसायको प्रवद्धन पनि हुने भएकोले कफी सहितको आरोहणको तयारीमा लागेको दाबुटी बताउछिन् । नेपाली कफी हामी नेपालीहरुले कहिल्यै प्राथामीकतामा राखेनौ दाबुटीले भनिन् – यसको बजार विदेशमामात्र सिमित भयो त्यसैले नेपाली कफीको बजार नेपालमै प्रमोसन गर्न सगरमाथा आरोहणको तयारीमा छु ।

कफीको प्रमोसन सहित गरिने सगरमाथा आरोहणले विदेशमा राम्रो बजार पाएको नेपाली कफीले नेपालमा समेत त्यस्तै राम्रो बजार पाउने विश्वास आफुले लिएको दाबुटी बताउछिन् । नेपालमा कफी खेतीलाई व्यवसायीक रुपमा अगाडि बढाउने र नेपालमै बजारको व्यवस्थापन गर्न सके देशबाट भै रहेको युवा पलाएनलाई समेत रोक्न सकिने दाबुटीको भनाई छ । दाबुटीले नेपाली कफी प्रमोसनको लागि सगरमाथाको चुचुरोमा पुगेर कफी बनाई अन्य आरोहिहरुलाई दिने योजना बनाएकी छन् । त्यसैगरी क्याम्प १, २, ३ र ४ मा पनि सगरमाथा आरोहणमा सहभागि पर्यटकलाई कफि खुवाउने लक्ष्य लिएको दाबुटी बताउछिन् । सगरमाथा आरोहण तयारीको लागि दोलखाको रोल्वालिङ्ग क्षेत्रमा पर्ने राम्दुङ्ग पिक र ऐलुंग पिक सफल्तापुर्बक आरोहण गरी फर्केको शेर्पाले पिक आरोहणले आत्मा विसव्स बडेको बताईन । साथै नेपाली कफीको प्रमोसन सहित सगरमाथा आरोहण गर्ने आफ्नो योजनामा साथ दिन सबैलाई उनले आग्रह गरेकी छन् ।

महिला शसक्तिकरणका लागि सगरमाथा आरोहण गर्दै दिकी

‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मुल नाराको साथ दिकी शेर्पाले सगरमाथा आरोहण गर्ने भएकी छिन् । शेर्पा आगामी मार्चमा सगरमाथा आरोहण गर्न लागेकी हुन् ।

महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने संस्कारलाई बदल्दै नारीे पनि पुरुषसरह क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने देखाउन सगरमाथा आरोहण गर्न लागेको शेर्पाले बताईन् ।

पुरुषप्रधान सोचलाई परिवर्तन गर्दै महिला शसक्तिकरण अभियानको साथ सगरमाथा आरोहण गर्न लागेकी हुँ,’ शेर्पाले भनिन् ।

पर्यटन र साहसिक पर्यटनको क्षेत्रमा महिलाको सहभागिता बढाउँदै आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा आममहिलालाई अघि बढाउन प्रेरित गर्न आफ्नो सगरमाथा आरोहणले सहयोग पुर्‍याउने दावी शेर्पाको छ ।

९ माघ २०४९ मा संखुवासभामा जन्मिएकी शेर्पा २०७० सालदेखि पर्यटन पथप्रदर्शकमा क्रियाशिल छिन् ।

शेर्पाले पहिलो पटक सन् २०१७ मा ६ हजार ४ सय मिटर भन्दा अग्लो मेरा पिक र ५ हजार ९ सय २५ मिटर अग्लो राम्दुङ पिकको समेत सफलता आरोहण गरेकी थिईन् । सोही साल उनले संसारको आठौं अग्लो हिमाल मनास्लु -८१६३ मि.) को समेत सफल आरोहण गरिसकेकी छिन् ।

 

तीन शेर्पा महिला एकै टोलीमा सगरमाथा चढ्दै

काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ शेर्पा महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पायाङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङल्हामु शेर्पाले आगामि अप्रिल ७ तारिखदेखि सगरमाथाको आरोहण गर्न लागेका हुन् ।

पर्यटन पत्रकार संघ (जाट नेपाल) ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुको आरोहणबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा एक्पिडिसनबारे जानकारी दिंदै आरोहणको नेतृत्व गरेकी लाक्पायाङजी शेर्पाले पर्यटन क्षेत्रको प्रबद्र्धनका साथै पर्यटन क्षेत्रमा महिलाहरुको सहभागिता वृद्धि गराउने लक्ष्यका साथ सगरमाथा आरोहण गर्न लागेको जानकारी दिईन् ।

त्यस्तै आरोहण दलका सदस्यहरु याङडी शेर्पा, र पाशाङल्हामु शेर्पाले महिलाहरुको शसक्तिकरणको विषयलाई आफुहरुले प्राथमिकता दिएको जानकारी दिए ।

उनीहरुले आफुहरुको आरोहणकाक्रममा र आरोहणपछि फर्किसकेपछि बैदेशिक रोजगारीबाट फर्किएका पीडित महिलाहरु, दलित महिलाहरु र एकल महिलाहरुलाई सहयोग गर्ने उदेश्य रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । साथै त्यस्ता महिलाहरुलाई पर्यटन क्षेत्रमा आकर्षित गराई उनीहरुको आयआर्जन वृद्धि गराउँदै यसै क्षेत्रबाट आत्मनिर्भर गराउन लागि परेको पनि जनाएका थिए ।

मौसमले साथ दिएमा मे १८ तारिखमा समिटमा पुग्ने उनीहरुको योजना छ । एसेन्ट हिमालयन ट्रेक एण्ड एक्पिडिसन कम्पनीमार्फत उनीहरु आरोहणमा जान लागेका हुन् । एभरेष्ट हार्डवेयरले आरोहणकाक्रममा आवश्यक सबै सामानहरु उपलब्ध गराउने बताईएको छ । आरोहणकाक्रममा प्रतिव्यक्ति ३७ लाख ३७ हजार ५ सय रुपैंया र तीन जनाको गरी कुल १ करोड १२ लाख १२ हजार ५ सय रुपैंया खर्च हुने देखिएको बताईएको छ ।

लाक्पा याङ्जी शेर्पा
लाक्पा याङ्जी शेर्पाको ट्रेकिङ क्षेत्रमा १० वर्षको अनुभव रहेको छ । यसका साथै पर्वतारोहणका लागि आवश्यक सम्पूर्ण तालिमहरु लिईसकेको छिन् । शेर्पाले राम्दुङ पीक (५९३० मिटर), पिसाङ पीक (६०९१ मीटर), आईसल्याण्ड पीक (६१८९ मीटर), चुलु फार इष्ट पीक (६०५९ मीटर) का हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी छिन् ।
याङ्डी शेर्पा
याङ्डी शेर्पाको ट्रेकिङ क्षेत्रमा ५ वर्षको अनुभव रहेको छ । यसका साथै पर्वतारोहणका लागि आवश्यक सम्पूर्ण तालिमहरु लिईसकेको छिन् । उनले मेरा पीक (६४७६ मीटर), आईसल्याण्ड पीक (६१८९ मीटर), राम्दुङ पीक (५९३० मिटर), लबुचे पीक (६११९ मीटर) का हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी छिन् ।
पाशाङल्हामु शेर्पा
पाशाङ ल्हामु शेर्पाको ट्रेकिङ क्षेत्रमा १३ वर्षको अनुभव रहेको छ । यसका साथै पर्वतारोहणका लागि आवश्यक सम्पूर्ण तालिमहरु लिईसकेकी छिन् । उनले राम्दुङ पीक (५९३० मिटर), आईसल्याण्ड पीक (६१८९ मीटर) र मेरा पीक (६४७६ मीटर) का हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी छिन् ।

 

दुई युवतीहरु बुद्ध नेपालमानै जन्मिएका हुन् लेखिएको झण्डा लिएर सगरमाथा आरोहण गर्दै

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ सिमिगाउँकी २७ बर्षिय छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका वडा ११ की २७ बर्षिय शर्मिला तमाङले केहि देशहरुमा अहिले पनि गौतम बुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेको बताउँदै गौतम बुद्ध नेपालमानै जन्मिएका हुन् भने सन्देश बोकेर सर्बाेच्च सिखर सगरमाथा आरोहण गर्न लागिएका छन् ।

उनिहरुले आगामी चैत्र २५ गतेबाट पाएनियर एड्भेन्चर प्रालि कम्पनिले ब्राण्ड स्पोन्सर गरि “बुद्ध वाज ब्रोन ईन नेपाल ”लेखिएको झण्डा सँगै नेपालको झण्डा र धिरज राईले गाएको “बुद्ध वाज ब्रोन ईन नेपाल ”बोलको गित एक मिनेट सर्बोच शिखरबाटै बजार बिश्वलाई सुनाउने योजना समेत रहेको आरोहण दलकी सदस्य छोकी शेर्पाले बताईन् । छोकीले पत्रकार सम्मेलन गर्दै भनिन्, बैदेशिक रोजगारीको शिलशिलामा चार बर्ष दक्षिण कोरिया बस्दा बौद्धमार्गिहरुलाई गौतम बुद्ध नेपालमा जन्मेको नभई भारतमा जन्मेको भन्ने भ्रम रहेकाले सो भ्रम चिर्न सगरमाथा आरोहण गर्न लागिएको बताएकी छन् ।

उनले दक्षिण कोरीया, भियतनाम चिनका केहि स्थानमा साथिहरुसँग भेटमा उनिहरले पनि बुद्धका बारे भ्रम रहेको भन्दै आफु सगरमाथा आरोहण गर्न लागेको बताईन् । हाल सम्म बिदेशी महिलाहरु सगरमाथामा ४ सय जना आरोहण गरेपनि नेपाली महिलाहरु २५ जना मात्रै सफल आरोहण गरेका छन् ।

विश्व कीर्तिमान बिदेश जाने माध्यममात्र नबनोस,  सगरमाथा आरोहण गरि विश्व कीर्तिमानी कायम गर्न नेपाली चेलीहरुलाई सफलताको अग्रिम शुभकामना

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय