२३ साउन, काठमाडौं । ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ ।

लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

उनले भने, ‘दुई वटा पेस्तोल भेटिएको छ । प्रहरीको गोली लाग्यो कि उनी आफैंले गोली हाने थाहा छैन ।’

एसपी प्रकाशजंग कार्कीका अनुसार प्रहरी टोलीले उनलाई विहानैबाटै पिछा गरेको थियो । प्रहरी टोलीबारे सूचना पाएपछि घरको पछाडिबाट हामफालेका खत्री भाग्ने प्रयास गरे ।

प्रहरीले पछ्याउँदै गर्दा उनले फायर खोलेको र आफूहरुले जवाफी कारबाही गरेको प्रहरीले बताएको छ ।

गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन् ।

एसएसपी अमात्यसहितको प्रहरी टोली अहिले पनि कुसुन्ती १३ स्थित अरुणिमा बस्तीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय