शेर्पा संघ दक्षिण कोरियाले आगामी जनवरी २५ तारिकका दिन “भाषा,लिपी ,माैलिक चाडबाड हाम्राे पहिचान, संस्कृति परम्परा संरक्षण र बिकास गर्ने हाम्राे अभियान” भन्ने मुल नाराका साथ २१४७ औ “च्याक फो चिवा ल्हो “ग्याल्पाे ल्हाेसार साँझ कार्यक्रम आयोजना गर्ने भएको छ नेपालीहरुको मौलिक चाड ग्याल्बो ल्होसार फेब्रुवरी २५ मा परे पनि नजिकैदै गरेको कोरियन नयाँ वर्षा (सलनाल) मा धेरै जसो नेपालीको बिदाहुने भएकोले लोसार कार्यक्रम अग्रिम रुपमा आयोजना गर्न लागेको सस्थाको अध्यक्ष आङ पासाङ शेर्पाले हिमाली सन्देशलाई बताउनुभयो ।

सउलकाे Sangsu Station नजिक premium Family Buffet मा आयोजनहुने कार्यक्रममा डिजे एपि तेञ्जिङ्ग शेर्पा लगयात स्थानीय कलाकार हरुको बिजोड प्रस्तुति रहेने छ ।

जनवरी २५ का दिन हुने उक्त ल्हाेसार कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफलता पुर्वक सप्पन्न गर्नका लागि दक्षिण कोरिया स्थित सम्पुर्ण नेपाली संघसंस्था लगायत शेर्पा समुदायका सबैमा हार्दिक अपिल गरेका छन ,यस कार्यक्रम मार्फत समुदय बिच पारस्परिक सम्बन्ध कायम हुने बिश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय