प्रेस विज्ञप्ती उद्गम् थलो नेपाल भएर पनि संसारका बिभिन्न देशमा बसोवास गर्दे आइरहेका शेर्पा जातिको पहिलोपटक औपचारिक रुपमा नेपालमा भेला हुदै छ । भाषा, धर्म, कला, संस्कृति, रितीरिवाज तथा परम्परागत मुल्य र मान्यताहरुहरु पुस्ताहस्तान्तरसँगै लोप हुने क्रममा छ । यि बिषयलाई जिवित राख्न र नेपाललाई समृद्धिको लागि विश्वका शेर्पाको भूमिका बिषय के भन्ने निचोड निकाल्ने लक्ष्य भेलाको रहेको छ । राष्ट्रको अर्थतन्त्रमा महत्वपुर्ण भूमिका खेल्दै आएको शेर्पाहरुले अव उद्योग, कलकारखाना, जलविद्युत लगायतका क्षेत्रमा लगानीको वातवरण बनाउन विश्वभेलाले एउटा महत्पुर्ण निर्णय गर्ने छ । राज्यले जनसंख्यालाई आधार मानेर अल्पसंख्यक जाती भित्र समावेश गरे पनि मुलुक र बिश्वमा शेर्पाको भूमिका र नाम बहुसंख्यक छ । अवको राष्ट्रिय राजनितीले शेर्पालाई कस्तो सम्मान गर्छ, भन्ने बिषय पनि भेलाको मुख्य एजेण्डा हो । मौलिक पहिचानलाई संरक्षण गरी विश्वव्यापी रुपमा प्रवद्र्धन गरी एकरुपता ल्याउने भेलाको अर्को उदेश्य हो । शेर्पाहरुको चौतर्फी विकासमा टेवा पु¥याउन विश्व शेर्पा सम्मेलन मार्फत विश्व शेर्पा संघको औपचारिक गठन पनि हुने छ । असोज २२,२३ र २४ गते काठमाण्डौंमा आयोजना हुन लागेको ऐतिहासिक प्रथम “विश्व शेर्पा सम्मेलन–२०१७” को तयारी अन्तिम सम्पन्न भइ सकेको छ । विश्व शेर्पा संघ तदर्थ समितिद्धारा आयोजित कार्यक्रमलाई नेपाल शेर्पा संघले व्यवस्थापनका गरिरहेको छ । कार्यक्रम तालिकाः १. पहिलो दिन असोज २२ गते ः स्वागत तथा उद्घाटनसमारोह होटल ¥याडिसनमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउबाद्धारा उद्घाटन । २. दोस्रो दिन असोज २३ गते ः बौद्ध टुसाल स्थित शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) कार्यपत्र प्रस्तुति,कार्यशाला गोष्ठी, मस्यौदा विधान माथि छलफल र विश्व शेर्पा संघ गठन लगायतका कार्यक्रमहरु ३. तेश्रो दिन असोज २४ गतेः शेर्पा सेवा केन्द्र(शेर्पा गुम्बा) ऐतिहासिक प्रथम विश्व शेर्पा सम्मेलनले निर्णय गरेका कुराहरुलाई लिपिवद्ध गरी घोषणा पत्र जारी कार्यक्रममा सहभागि देशहरु ः १. डेन्जो शेर्पा संघ सिक्किम २. शेर्पा किदुग अमेरिका ३.शेर्पा संघ अमेरिका ४. शेर्पा संघ बेलायत ५. शेर्पा किदुग मलेसिया, ६. शेर्पा सोसाइटी पोर्तुगल, ७. अष्ट्रेलिया, ८. शेर्पा किदुग साइप्रस, ९. अल ईण्डिया शेर्पा एसोसियशन, १०. शेर्पा किदुग दोहा कतार, ११. शेर्पा संघ ईजरायल, १२ . शेर्पा किदुग बेल्जियम, १३. शेर्पा समाज मकाउ, १४.दक्षिण कोरिया, १५. जापान, १६ . शेर्पा किदुग बहराईन, १७. शेर्पा किदुग युएई १८, नेपाल (नेपाल शेर्पा संघ यससँग सम्लग्न संघसंस्था, भातृ संगठनहरुको प्रतिनिधि करिव २ सय र १७ देशका प्रतिनिधि करिव २ सय गरी चार सयको प्रनिधित्व सहभागि हुने छ) ।

आङछिरिङ शेर्पा संयोजक,

प्रचारप्रसार उपसमिति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय