वीरगञ्ज, राष्टपति विद्यादेवी भण्डारीबाट प्रदेश न २ सरकारले ल्याएको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तरगर्त छोरी शिक्षा विमा मुद्ती बचत खाताको शुभारम्भ गर्नु भएको छ ।

प्रदेश न २ जानकी र गार्गी जस्ता विदुषीको जन्मभुमिमा छोरी अपहेलित हुनु दुखद भएको राष्टपतिले बताइन । यस शिक्षा विमा, मुद्त्ती बचतले छोरीको शिक्षा र महिला सशक्तिकरणमा महत्वपुर्ण भुमिका खेल्नेमा विश्वास्त रहेको जानकारी दिइन । उनले मुख्यमन्त्रीको अभियानको प्रशंसा गर्दै कानुनी र संस्थागत कार्यक्रम संरचना विकास गर्दै प्रभावकारी कार्यान्वयन गर्न अगाडी बढ्न सल्लाह दिइन ।

दाइजो र घरेलु हिसांको सिकार हुनु आजको अधुनिक युगमा सुहाउदो विषय होइन । यसलाई निर्मुल पार्न शिक्षामा जोड दिएर अगाडी बढ्नु पर्ने आजको आवश्यकता रहेको छ । शिक्षासगैँ गुणस्तरीय रोजगारमुलक र व्यावसायिक शिक्षा प्रदान गर्नु पर्नेछ ।
source: onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय