भक्तपुर । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खुलाएको छ । आयोगले शुक्रवार माध्यमिक तहको अस्थायी अध्यापन अनुमति पत्रको लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको हो । परीक्षाका लागि आगामी २० गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने तथा दोब्बर दस्तुर तिरेर फागुन २७ गतेसम्म बुझउन सकिने आयोगले जनाएको छ ।

परीक्षा आगामी चैत २४ गते बिहान ११ बजे हुने आयोगले जनाएको छ । १८ वर्ष उमेर पुगेका स्नाकोत्तर तहवा सो सरहको परीक्षा उत्तीर्ण गरेका र शिक्षक सेवा नियमावली अनुसार अयोग्य नभएका जो कोहीले लाइसेन्स परीक्षामा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार परीक्षा दस्तुर ७ सय लाग्ने र जिल्ला शिक्षा कार्यालय झापा, काठमाडांै, कास्की, बाँके र कञ्चनपुर दरखास्त दिन सकिने छ । दरखास्त संकलन केन्द्र रहेका जिल्लाहरुमा नै परीक्षा सञ्चालन हुने समेत आयोगले स्पष्ट पारेको छ । एकसय पूर्णांकको हुने लिखित परीक्षामा पचास अंक ल्याउने उत्तीर्ण हुने साथै, परीक्षाको लागि माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्रकै पाठ्यक्रम लागू हुने आयोगले जनाएको छ ।

अस्थायी अध्यापन पत्र लिएपछि आयोगको नियमावली, २०५७ (नवौं संशोधन) को नियम ६घ को उपनियम (२क) अनुसार सेवा सुरु गरेको २ वर्षभित्र तालिम लिनुपर्ने अन्यथा अध्यापन अनुमति पत्र रद्द हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय