शेर्पा किदुग युएईले आयोजना गरेको २१४५ स फो खि लो ग्याल्पो लोसार सांस्कृतिक कार्यक्रम १६ फेब्रुअरी २०१८ को दिन युएईको राजधानी अबुधाबिमा भव्यताको साथ सम्पन्न भएको छ ।
शेर्पा भाषा धर्म,संस्कृति र रितिरिवाजलाई संरक्षण तथा प्रवधन गर्ने उद्देश्यका साथ किदुकले वार्षिक रुपमा लोसार कार्यक्रम आयोजना गर्दै आएको छ ।
कार्यक्रम बौद्ध धर्मको परम्परा अनुसार विधिगत रुपमा पुजा पाठ गरी सुरु भएको थियो ।युएईमा शेर्पाहरुको जनसंख्या वृद्धि हुँदै भएको सन्दर्भमा यस पटकको लोसार कार्यक्रममा ५०० जनाको हाराहारीमा शेर्पाहरुको बाक्लो उपस्थिती रहेको थियो भने युएईमा रहेका जनजाति महासंघ अन्तर्गतका सबै जातिय संस्था प्रमुखहरुको पनि सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा नेपालबाट नायिका तथा मोडेल छिरिङ डोल्मा शेर्पा, दार्जि्लिङबाट सेलो गायिका डोमा शेर्पा, उद्घोषिका जाङमु एन शेर्पा लगायत त्यहा रहेका नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh