७ फेब्रवारी २०१९ बिहिबारका दिन बुद्धिष्ट कम्यूनिटी सेन्टर युकेको गुम्बामा ल्हप्सो पुजा कार्यक्रम सम्पन्न भएको छ । शेर्पा संघ वेलायतको आयोजनामा पूजा भव्यताका साथ सम्पन्न भएको हो ।
स मो फाग् ल्हो ग्याल्पो लोसारको २१४६ औ ग्याल्पो लोसारको अवसरमा पूजा आयोजना गरिएको जनाएको छ । ‘छेवा सुम’ अर्थात तेस्रो दिनमा भएको कार्यक्रम युकेमा बसोबास गर्ने शेर्पा समुदायको बाक्लो उपस्थित थियो । ‘क्येक्ये स्होस्हो ल्हाआ गेलो’ सामुहिक रुपमा उच्चारण गर्दै ल्होप्सो पूजा मनाएको संयोजक काजी शेर्पा च्यावाले जनाएको छ । संघको आधिकारिक सामाजिक सञ्जालबाट जारी सूचना अनुसार पूजामा ‘लामा गुरुहरुसँगै सहभागिहरुले एकै स्वरमा भगवानको जयजयकार गरेर विश्व शान्तिको कामना गरेका थिए ।’ पूजा कार्यक्रम सफल बनाउन काजी शेर्पा च्यावाको संयोजकत्वमा १० सदस्यीय ल्हप्सो आयोजक तथा व्यवस्थापन समिति गठन गरी कार्यक्रम आयोजना गरेको थियो ।
ग्याल्पो ल्होसारकै अवसरमा संघले यसअघि शुभकामना आदनप्रदान र समृद्धीका कामनासहित सन्देशहरु समुदायमा प्रवाह गरेको अध्यक्ष सोना शेर्पाले जनाए ।

-शेर्पाखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय