शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा दावा जाङबु शेर्पा निर्वाचित भएका छन् । खिजीफलाटेमा सम्पन्न शेर्पा सञ्चार समुह जिल्ला शाखा ओखलढुंगाको प्रथम अधिवेशनबाट अध्यक्षमा दावा जाङबु शेर्पा सहितका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

शेर्पा समुहको सवाल सञ्चारमाध्यममा स्थापित गर्दै शेर्पाको भाषा, धर्म, संस्कार र संस्कृतिको विकास, प्रवद्र्धन र समुदायमा आम सञ्चारका माध्यमबाट रुपान्तरणमा भूमिका खेल्ने उद्देश्यले २०६५ सालमा स्थापना भएको सस्थाले पछिल्लो समय भिबिन्न जिल्लामा शाखा विस्तार गरेर काम गरिरहेको छ ।

स्थापनाकाल देखि नै यो समुहले ग्रामिण क्षेत्रमा पत्रकारिताको विकास तथा उद्घोषण तालिम जस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय