काठमाडौँ, आषढ १० । विदेशमा रहेका पिडित नेपाली चेलीहरुको उद्धार गर्दै आउनु भएका समाजसेवी आङ कामी शेर्पाले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसगँ भेट गर्नु भएको छ ।
विदेशमा पिडा, घरेलु हिसांमा परेका महिलाहरुको उद्धार गर्दै आउनु भएका शेर्पाले हालसम्म कुवेत, दुवाइ, सिरिया, मलेसिया लगायतका देशहरुबाट ७५ जना महिलाहरुको उद्धार सामाजिक संन्जाल मार्फत गरिसक्नु भएको छ । शेर्पा विदेशमा कार्यरत नेपाली चेलीहरुका लागि उदाहरणिय व्याक्ति बन्न सफल भएका छन । २०१६ देखि विदेशमा पिडा र घरेलु हिसांमा परेका महिलाहरुको उद्धार गर्दै आइरहेका छन ।
शेर्पाले आज श्रम मन्त्री विष्ठ सामु बैदेशीक रोजगारीमा जाने नेपाली चेलीहरु विदेशमा सुरक्षित नरहेको अजै पनि धेरै चेलीहरु विदेशी भुमिमा घरेलु हिसांको सिकार भइ रहेको जानकारी दिनुभयो । उनीहरुको उद्धारका लागि सरकारी पक्षबाट कदम चाल्न सकेमा सजिलो हुने जानकारी दिनुभयो । शेर्पाले सरकारलाई मात्र दोष लगाएर नहुने आफ्नो देशका लािग आफैबाट केही न केही कार्य गर्नु पर्ने र देशको लागि नै भनेर विदेशमा पिडामा परेका चेलीहरुको उद्धार गर्दै आएको जानकारी दिनुभयो ।
श्रमको सम्मान गरौँ ।
मन्त्री विष्टले बैदेशिक रोजगारीमा जाने महिलाहरुलाई जानमा रोक लगाएको बताउनु भयो उहाँले श्रमको सम्मान गरौँ भन्ने नाराका साथ स्वादेशमा नै काम गर्न सकिने वातावरण बनाउनका लागि देश व्यापी अभियान चलाउन लागेको जानकारी दिनु भयो । यसका लागि मन्त्रालयनका तयारी भइ रहेको छ चाडै नै कलाकार, गायकहरु र समाजका केही गर्न चाहने युवाहरुलाई यस अभियानमा सहभागीता गराइ केन्द्र, प्रदेश हुदै देशव्यापी रुपमा चलाउने बताउनु भयो ।
समाजसेवी आङ कामी शेर्पा अहिले नेपालमा छन उहाँ एउटा एनजिओ खोली नेपालको लागि केही गर्नै र नेपाली चेलीहरुको हकहितमा सधैभर लागि पर्ने बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय