प्रधानमन्त्री लगायत विदेशी दुतावासमा ज्ञापनपत्र बुझाउने
काठमाडौँ, मसिंर २७ । आदिवासी जनजाती महासंघले मसिंर २९ गतेदेखि पौष ४ गतेसम्म सांस्कृतिक चार्डपर्वको विदा पुनः स्थापनाका गर्न ज्ञापनपत्र बुझाउने र धर्ना कार्यक्रम गर्ने भएको छ ।
आदिवासी जनजातीहरुले आदिन काल देखि मनाउदै आएका सांस्कृतिक पर्वहरु लोसार, मागी, मागे संन्क्राती र उधौली उभौलीहरुमा सरकारले विदा कटौती गरेकोमा पुनः स्थापना गर्न महासंघले धर्ना कार्यक्रम गर्न लागेको महासंघका अध्यक्ष जगत बरामले जानकार िदिनुभयो । उहाँका अनुसार मसिंर २९ गते जिल्लाका सिडियो, प्रदेशमा प्रदेश मुख्यमन्त्री र विदेशमा दुतावासका राजदुतलाई ज्ञापन पत्र बुझाउने कार्यक्रमतय भएको छ त्यसैदिन विपक्षि दलका नेता शेर बहादुर देउवा पनि ज्ञापन पत्र बुझाउने जनाए ।
त्यसैगरि पुस २ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउने र देशैभरिका स्थानिय तहका शैक्षिक संस्था र कलकारखानाहरुमा सार्वजनिक विदाका लागि दबावमुलक गतिविधि गर्ने भएको छ । पौष ३ गते प्रधानमन्त्री केपी शर्मा वलीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ भने पौष ४ गते काठमाडौमा रहेका आदिवासी जनजाती महासंघ, आदिवासी जनजाती महिला महासंघ, आदिवासी जनजाती विद्यार्थी महासंघ,आदिवासी जनजाती युवा महासंघ, आदिवासी जनजाती पत्रकार महासंघ, आदिवासी जनजाती ओकील समुह लगायत एकल जातिय संघसस्था र आदिवासी जनजाती महासंघमा आवद्ध रहेका संघसस्थाहरुले माइतीघर मण्डलामा दिउसो एक बजे दवाव मुलक धर्ना कार्यक्रम गर्ने भएको आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बरामले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय