सोलुखुम्बुको लोखिममा भाइको कुटाइबाट दाजुको ज्यान गएको छ । जिल्लाको थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रकाश राईको शनिबार राति ज्यान गएको हो ।
घरमा आमासँगै बस्दै आएका दाजुभाइबीच शुक्रबार झगडा भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । झगडा के कारणले भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन । भाइ किरणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी निरिक्षक उत्तम कार्कीले बताउनुभयो ।
सोलु एफ एम.साउन ५
