चिसाङ शेर्पा पुस/१९ खोटाङ,

खोटाङको धार्मिक तथा पर्यटकियस्थल हलेसी बजारमा भएको आगलागीबाट ५ करोड ११ लाख १५ हजारको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानका ब्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले पुर्णरुपमा चार घर जलेर नष्ट भएको थियो । पाँच घरमा आंशिक क्षति पुगेको थियो ।
“आगोले मगम राईको ६५ लाखको दुई घर, १५ लाखको सामग्री जलेको छ । उचित राईको ४० लाखको घर, ६० लाखको सामग्री, टम्बराज राईको ६५ लाखको घर ३५ लाखको सामग्री र अम्बराज राईको ३० लाखको घर ७० लाखको सामग्री र मगम राईको घरभाडा लिएर होलसेल पसल गर्ने जगदीश दासको १ करोडको खाधान्न, किराना सामान जलेर नष्ट भएको छ ।”

मंगलबार साँझ ७ : ३० बजेबाट खाना पकाउने ग्याँस पड्कीएर शुरु भएको आगोले मगम राईको ६५ लाखको दुई घर, १५ लाखको सामग्री जलेको छ । उचित राईको ४० लाखको घर, ६० लाखको सामग्री, टम्बराज राईको ६५ लाखको घर ३५ लाखको सामग्री र अम्बराज राईको ३० लाखको घर ७० लाखको सामग्री र मगम राईको घरभाडा लिएर होलसेल पसल गर्ने जगदीश दासको १ करोडको खाधान्न, किराना सामान जलेर नष्ट भएको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताउनुभयो ।

थापाका अनुसार आशिंक क्षति हुने घरहरुमा प्रकाशचन्द्र गिरी १५ लाख, रेगिन्द्र राई १ लाख, शरण कुमार राई १ लाख ५० हजार, शरणसरी राई ५ लाख, महानन्द राई १ लाख, गोबिन्द राई ५ लाख, कम्फराज राई १५ हजार र कृष्ण राईको २ लाख ५० हजार बराबरको क्षति भएको छ । आगोलाई मंगलबार राती ११ बजे स्थानियबासी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले बैठकबसी तत्कालका लागि पुर्ण क्षतिलाई दश हजार, आंशिक क्षतिलाई ५ हजार नगद दिएका छन् । पिडितहरुलाई पुर्नवासका लागि नेपाली सेनाले दुईवटा टहरा निर्माण गरिदिएको खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताउनुभयो । खोटाङ उधोग वाणिज्यसंघले पुर्णक्षति प्रतिघर दश हजार र आंशिक क्षतिलांई ३ हजारका दरले नगद हस्तान्तरण गरेको खोटाङ उधोग वाणिज्यसंघका अध्यक्ष राजेन्द्र लयालुले बताए । रेडक्रसले त्रिपाल, राहत लगायतका सामग्री दिएको छ ।
“आशिंक क्षति हुने घरहरुमा प्रकाशचन्द्र गिरी १५ लाख, रेगिन्द्र राई १ लाख, शरण कुमार राई १ लाख ५० हजार, शरणसरी राई ५ लाख, महानन्द राई १ लाख, गोबिन्द राई ५ लाख, कम्फराज राई १५ हजार र कृष्ण राईको २ लाख ५० हजार बराबरको क्षति भएको छ ।”

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले आगलागी पिडितलाई खाधान्न, लत्ताकपडा, किचन सामग्री दिएको छ । आपतको घडीमा देश तथा बिदेशमा रहेका सहयोगीदातालाई सहयोग गर्न नगरपालिकाले अनुरोध गर्दै राहत संकलनका लागि ‘नगर राहत व्यवस्थापन कोष’ खडा गर्न लागिएकोे हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इबन राईले बताउनुभयो ।

नगरपालिकाले आगलागी पिडितका लागि सहयोगार्थ बुधबारदेखी व्यानरसहित हलेसी बजारबाट सहयोग संकलन कार्य शुरु गरेको छ । नगर उपप्रमुख बिमला राई तथा कार्यकारी अधिकृत अनिल किराती कामको शिलशिलामा काठमाण्डौ रहेकाले उहाँहरुलाई त्यहींबाट सहयोगका लागि खट्न र सबैलाई यस अभियानमा ऐक्यबद्धता जनाउन अनुरोध गरिएको नगरप्रमुख राईले बताउनुभयो ।
-संयोजन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय