काठमाडौँ, चैत्र २९ । “हामी पनि गर्न सक्छौ” भन्ने मुल उद्देश्यका साथ सगरमाथा आरोहण तयारीमा रहेकी दुइ विधवा महिला निमा डोमा शेर्पा र र्फुदिकी शेर्पाले आज काडमान्डौँबाट यात्रातय गर्दैछ ।
दुइ विधुवा महिला सगरमाथा आरोहण अभियान लिएर दुइ महिलाले यस बर्ष सगरमाथा आरोहण गर्न लागेको हो ।
सगरमाथामा श्रीमान घुमाएर पछि एकल भएर बसेकी दुइ महिला विधवा महिलाहरुले पनि केही गर्नु पर्छ समाज परिर्वतनमा पाइला चाल्नु भनी आरोहण अभियानमा लागेकी निमा डोमा शेर्पाले जानकारी दिइन । उनले आउने मे महिला भित्रमा सगरमाथा आरोहण गरि फकर्ने जानकारी दिइन । आङ हिमालयन एडभेन्चरबाट आरोहण गर्न लागेकी शेर्पाले जानकारी दिइन ।
लाक्पा छिरी शेर्पा र पेम्बा तामाङले सगरमाथा आरोहणमा आरोही गाइडको रुपमा साथ दिने जानकारी आङ हिमालयन एडभेन्चरका संचालक आङ छिरीङ लामाले जानकारी दिनुभयो ।
आरोहण सफल रहोस भनी खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष निमा दोर्जै शेर्पा , उपाध्यक्ष टासी ल्हमु शेर्पा, वडा अध्यक्ष लक्ष्मण अधिकारीले काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरि विदाइ गरेका छन भने एसियन टे«कका संचालक आङ छिरीङ शेर्पा, सोलुखुम्बु नेपाली काग्रेसका नेता एव समाजसेवी प्रकाश सिहं कार्की र पहिलो महिला शेर्पा पत्रकार सगरमाथा आरोही डोमा शेर्पाले पनि आरोहण सफलताको कामना सहित काठमाडौँबाट विदाइ गरेको छ ।
उनीहरुसगै बृतचित्र निमार्णका लागि मनिस महर्जन र सिरिस महर्जनसगैँ काठमाडौँ देखि सगरमाथा आधार शिविरसम्म जादैँछ ।
ताजा समाचार
लोकप्रिय
© 2025 Himali sandesh