काठमाडौँ, पौष ११ । सगरमाथा आरोहण अभियानमा रहेका दुइ विधवा महिलाले आज काठमाडौँको पर्यटन बोर्टमा पत्रकार सम्मेलन गरेका छन । “हामी पनि गर्न सक्छौ” भन्ने नाराका साथ र्फदिकी शेर्पा र निमा डोमा शेर्पा सगरमाथा आरोहण तयारीमा लागेका हुन । उनीहरु दुवै जनाको श्रीमान सरमाथा आरोहण गर्न जादा वितेका थिए । श्रीमानको सम्मान र विधवा महिलाहरुले पनि केही गर्नु पर्छ भन्ने नाराका साथ सगरमाथा आरोहण अभियानमा जुटेका छन । पत्रकार सम्मेलन एसियान टे«कका संचालक आङ छिरीङ शेर्पाको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

नेपालमा आरोहण÷ पर्वतीय पर्यटनको सुरुवात तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथाको सफल आरोहण गरेपछि भएको मानिन्छ । विशेष गरि हिमाली भेगमा बसोवास गर्ने नागरिकहरुको हकमा यो आरोहण÷पर्वतीय पर्यटनले आर्थिक रुपमा महत्वपुर्ण सहयोग पु¥याउँदै आएको छ । त्यतिमात्र होइन, आरोहण÷ पर्वतीय पर्यटनका क्षेत्रमा आएको विस्तारले देशको राष्ट्रिय ढुकुटीमा पनि केही अंश मात्र किन नहोस, निश्चय नै टेवा पुगेको छ । यसै सन्दर्भमा सोलुखुम्बु पासाङल्हमु गाउँपालिका वडा नं. ४ खुम्जुङ निवासी म निमा डोमा शेर्पा र वडा न. ४ खुम्जुङ, पाङपोचे निवासी र्फुदिकी शेर्पा चैत्र महिनामा “दुइ विधवा महिला सगरमाथा आरोहण अभियान २०१९” का लागि तयारी गरिरहेका जानकारी दिन चाहन्छौँ । हामीले हिमाल आरोहणमा श्रीमान घुमाएर विधवा÷एकल भएर रहेका महिलाहरुलाई घरमा मात्र हैन घर बाहिर आउनु पर्छ “हामीले पनि गर्न सक्छौँ” भन्ने नाराका साथ हामी दुइ जना सगरमाथा आरोहण तयारीमा जुटेका छौँ ।

हाम्रा श्रीमान सगरमाथा आरोहण गर्न जादा वितेका थिए । २०१४ को सगरमाथा हिमपहिरोमा परि म निमा डोमा शेर्पाको श्रीमान छिरीङ ओङ्छु शेर्पा र २०१३ मा र्फुदिकी शेर्पाको श्रीमान मिङमार शेर्पाको मृत्यु भएको थियो । उहाँहरुको मृत्यु पछि हामीलाई गहिरो चोट लागेको थियो । यस चोटलाई विर्साउन र उनीहरुको सम्मान स्वरुप हामी दुइ जना सगरमाथा आरोहण गर्न लागेका छौँ सगरमाथा आरोहण तयारीका लागि हामीले गत कात्र्तिक २६ गते मनाङ जिल्लामा रहेको चुलु इष्ट (६,५८४मि) र मसिंर ८ गते सोलुखुम्बु जिल्लामा रहेको आइसल्याण्ड पिक (६१८९मि) सफलताको साथ आरोहण गरि सकेकाछौँ ।

हामी दुइ जना अहिले सगरमाथा आरोहण तयारीका लागि विभिन्न संघसस्था लगायत टे«किङ एजेन्सीहरुमा जनाकारी एव अािर्थक सहयोगका लागि अपिल गरि रहेका छौ । अहिलेसम्म जो जसले हाम्रो आरोहण अभियानलाई सहयोग गर्नु भएको छ उहाँहरुप्रति धन्यावाद दिन चाहन्छौँ । सबैबाट यस्तै सहयोग प्राप्त हुने र यो अभियानले सफलता प्राप्त गर्नेमा पनि विश्वस्त छौँ ।
अन्त्यमा यहाँसम्म आएर हाम्रा कुरा सुन्न र आरोहण अभियानलाई हौसला प्रदान गर्न उपस्थित सञ्चारकर्मीहरुप्रति हामी दुइ जना आभार व्यक्त गर्दछौँ । धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय