हिमाली भेगको शिक्षा, स्वास्थ्य र यातयातमा महत्वपुर्ण योगदान पु–याउनु भएका सर एडमन हिल्लरीको १०० औँ जन्मजयन्ती भव्य रुपमा मनाइएको छ ।
हिल्लरीले स्थानपा गरेको हिमालयन ट्रसले डिल्ली बजार आफ्नै कार्यलयमा भव्य रुपमा हिल्लरीलाई सम्झदै जन्मजयन्ती मनाइएको हो ।
स्वा. तेन्जिङ नोर्गे शेर्पा र स्वा. एडमन हिल्लरीले सन १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेसगै सोलुखुम्बु क्षेत्रमा पर्यटनको विकास र शिक्षा क्षेत्रमा पहुच भएको थियो । हिल्लरीले सगरमाथा आरोहण गरेपछि सगैँ गएका आरोहण सहयोगीलाई के चाहिन्छ भनी सोध्दासगै गएका उर्गेन शेर्पाले “हाम्रा बालबालिकाका लागि शिक्षा आवश्यकता छ शिक्षा क्षेत्रमा तपाइले सहयोग गरिदिनुस् भनेका थिए” । त्यसपछि हिल्लरीले शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गरेका थिए । निरन्तर रुपमा सोलुखुम्बु जिल्लामा सहयोग गर्दै आएको छ । उनले खुम्जुङ मावी, जुन्वेशी मावी, खुन्दे अस्पताल लगायत धेरै ठाउँमा सहयोग गरेका छन ।
जन्मजयन्ती समारोहमा त्यही स्कुलहरुमा अध्ययन गरि डाक्टर, इन्जिनियर, पाइलट, विभिन्न संघसस्थामा रहेर कामगरि रहेका व्याक्तिहरु लगायत भुपु विद्यार्थी, शिक्षकहरु सहभागी रहेका थिए ।
हिमाली भेग सोलुखुम्बुमा हिल्लरीको अतुलनिय योगदान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय