आदिवासी जनजाति अगुवाका लागि नेतृत्व विकास तथा आदिवासीका सवाल बिषयक एक दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद् हेटौंडाले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडाको वडा नम्बर १ देखि १० सम्मका वडा समन्वय परिषदका पदाधिकारीलाई आईतबार अभिमुखीकरण गराइएको हो ।
कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य, हेटौंडा उपमहानगरपालिका ५ का वडा सदस्य ज्ञानु थापा मगरको बिशेष आतिथ्य र नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य अशोक सारु मगर र आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष मगरले सहजिकरण गरेका थिए ।
कार्यक्रममा नेपाल मगर संघ हेटौंडाका अध्यक्ष भरत ठाडा मगर, नेपाल तामाङ्ग घेदुङ्ग हेटौंडाका अध्यक्ष ठिसाङ लामा, थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति हरिलाल चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष अशोकसुजन श्रेष्ठको उपस्थित रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय