कुलमान घिसिङलाई दक्षिण कोरियामा नेपाली संग सस्थाहरुले एकसाथ सामुहिक सम्मान

दक्षिण कोरिया:- बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लाई दक्षिण कोरियामा एकदर्जन भन्दा बढि संस्था ले एकसाथ सम्मान गरेका छन । कार्यक्रम दोंदेमुन स्थित एक रेष्टुरेण्टको हलमा कार्यवाहक राजदुत को प्रमुख आतिथ्य मा एनआरएनए, एनसीसी , नेपाल आदिवासी जनजाती महासंघ, पत्रकार महा संघ, अनलाईन मिडिया, प्रदेश ३ एकता समाज, पुर्वान्चल सरोकार समाज, सुदुरपश्चिमान्चल समाज, वमन फर वमन, तामाङ संघ, र रामेछाप सम्पर्क समिती , कोरिया व्यवसायी संघ लगाएतको संस्थाहरुले सम्मान तथा भेटघाट कार्यक्रम को आयोजना गरि घिसिङलाई दोसल्ला , र सम्मान पत्र प्रदान गरि सम्मान गरेको हो ।

दक्षिण कोरियाको राजधानी सउल देखि २ सय ६८ किलो मिटर दक्षिणको ख्वाङ्जु शहरमा बुधबार देखि सुरु भएको अन्तराष्ट्रिय विद्युतिय सम्मेलन (विक्सपो) २०१९ मा भाग लिनका लागि कुलमान कोरिया आएका हुन् । कोरिया इलेक्ट्रोनिक पावर कर्पोरेसनको आयोजनामा भैरहेको विक्सपो शुक्रबार सम्पन्न गरि सो कार्यक्रमा घिसिंङले नेपालको विद्युतिय क्षेत्रमा लगानी गर्न चाहने विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल समेत गरेको जनाए ।

घिसिङले उपस्थित नेपालीहरुको जिज्ञासा प्रस्ट पार्दै नेपालको प्राईब्रेट सेक्टरले उत्पान गर्ने ( हाइड्रो )उर्जा क्षेत्रमा लगानि गर्दा विश्वसनीय र सहिरुपले म्यानेज गरेको सहि प्रोज्रेक्टमा सामुहिक लगानि गर्न र बेला बेला त्यसबारे बुझन पनि सुझाए , लगानि गर्दा नेपाल सरकार ले नेपालको पानी जनताको लगानि भन्ने मुल नाराका साथ ३५०० मेघावट भन्दा बढि को प्रोजेक्ट आउदै गरेकोले त्यसमा लगानी गरे लगानि सुरक्षित हुने उनको सुझाव थियो र नेपाल विधुत प्राबिधिकरण पहिले लोडसेटिङ अन्त गर्ने चुनौति थियो भने अहिले उत्पादन भएको विधुत म्यानेज गर्ने चुनौती रहेको बताए घिसिङ शनिवार १ बजे नेपाल फर्कि सकेकाछन ।

प्रकाशित मिति २३ कार्तिक २०७६, शनिबार १५:५८