काठमाडौ
मुटुरोग विशेषज्ञ डाक्टर कुन्जाङ शेर्पा बारबरा फाउण्डेसन कोभिड १९ विशिष्ट सम्मानबाट सम्मानित हुनु भएको छ । कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर योगदान पु¥याए वापत डाक्टर शेर्पा सहित विभिन्न अस्पतालका २० चिकित्सक र २७ नर्सहरुलाई बारबरा फाउण्डेसनले विशेष सम्मान गरेको हो । डाक्टर सन्दुक रुइत अध्यक्ष रहेको फाउन्डेशनले २० जना चिकित्सकलाई जनही नगद २ लाख ५० हजार रुपैया तथा २७ जना नर्सहरुलाई जनही १ लाख ५० हजार नगद रुपैया सहित सम्मान गरेको छ । पुर्व राष्ट्रपति डा रामवरण यादवको हातबाट सम्मान पत्र प्रदान गरिएको हो । सोलुखुम्बुको सल्लेरीमा जन्मिएका डाक्टर कुन्जाङ शेर्पा शहिद गंगालाल अस्पतालमा विगत ४ वर्षदेखि मुटु रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ । फाउण्डेसनले चिकित्सकहरुसंगै स्वास्थकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई गत शनिबार कोभिड १९ विशेष सम्मान गरेको थियो ।
सम्मानित हुनेमा भारतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवा छन् । त्यसैगरी व्यवस्थापन तथा सार्वजनिक नीति विधाअन्तर्गत १९ जना व्यवस्थापकहरुलाई सम्मान गरेको छ ।
