काठमाडौ । बुढानीलकण्ठ स्कुलमा गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्तिमा अध्ययनको अवसर दिनेगरी आवेदन खुला गरिएको छ। बुढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार कक्षा ५ देखि अध्ययनका लागि २०६७ वा ०६८ सालमा जन्म भइ कम्तीमा २ वर्ष अघिदेखि स्थानीय सामुदायिक विद्यालयमा नियमितरुपमा अध्ययन गरी शैक्षिक सत्र २०७७ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र–छात्राले आवेदन दिन सक्नेछन्।

आवेदनपछि छनौटमा परेकाले निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनको अवसर त्यस्ता छात्रछात्राले पाउनेछन्। परीक्षा मिति साउन ३० गते शनिबार ११ बजेका लागि तोकिएको छ ।

C:/Users/user/Downloads/shiksha-bighagko-suchana.pdf

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय