कास्की । कास्कीमा अस्वभाविक आवाज निकालेर कुद्ने बाइकहरुलाई नियन्त्रणमा लिने कार्यलाई तिव्रता दिइएको छ । जिल्ला प्रहरी कार्यलय कास्की तथा जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीको संयुतm प्रयासमा पछिल्लो दुई दिनमा मात्र २६ वटा दुई पाङग्रे सवारी साधनहरू नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जनाएको छ । स्वरूप परिवर्तन गरी सवारी साधन चलाउने, ध्वनि प्रदूषण गर्ने गरी तिव्रगतिमा लापरवाही तवरबाट चलाई सवारी नियम उल्लंघन गर्ने सात वटा बुलेट मोटरसाईकल , ११ वटा क्रसफायर मोटरसाईकल र अन्य मोटरसाईकल–८ वटा गरी जम्मा २६ वटा दुई पाङ्ग्रे सवारी साधनहरूलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीले जनाएको छ । सवारी नियम उल्लंघन कार्यलाई नियन्त्रण गर्ने अभियानकै रूपमा लागी परेको कास्की प्रहरीले साउन ३० गते पोखराका बिभिन्न स्थानमा चेक जाँच गरी उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिएको हो । विगत एक महिनामा मात्र झन्डै एक सय भन्दा बढि यस्ता आवज मोडिफाई गरी ठूलो आवाजमा निकालेर कुदाउने सवारीसाधन कारवाहिमा परेको जिल्ला प्रहरी कार्यलय कास्कीको तथ्याङ्क छ । लकडाउन खुकुलो भएसँगै सडकमा गुड्ने सवारी साधनको चाप पनि बढेको छ । यसरी मोडिफाई गरी चलाइएका बाइकहरुले ध्वनी प्रदुषण मात्र नभई सवारी दुर्घटनाको जोखिम समेत बढाउँछ । अझ पछिल्लो समय विशेषगरी युवा पुस्ताहरु अस्वभाविक आवाज निकालेर बाइक कुदाउने मात्र नभई समूहमा बाइक दौडाउने प्रतिस्पर्धा, स्टन्ट गर्ने जस्ता प्रवृत्ति समेत वृद्धि भइरहेको छ । जसको प्रत्यक्ष असर समुदायमा पर्छ । समाजमा डर त्रास समेत पैदा गर्ने भएकाले यसको नियन्त्रण र सुरक्षिक सडकका लागि समग्र कास्की प्रहरी यसप्रति सजग रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले जानकारी दिनुभयो । कास्की जिल्ला भित्र सबै मातहतका निकायहरुसँगको समन्वयमा यस्ता सवारी साधनहरु पूर्णरुपमा नियान्त्रणमा लिने योजना रहेको उहाँको भनाई छ ।
नेपाल प्रहरीेले पछिल्लो समय नेपाल मास्क अभियान अर्थात तपाईको मास्क खै ? अभियानलाई पनि विशेष प्राथमिकताका साथ कार्यन्वयन गरी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय