काठमाडौँ
काठमाडौँ उपत्यकामा फेरि पनि निषेधाज्ञा थपिने भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाको संक्रमित र मृत्युदर बढ्न थालेपछि फेरि पनि निषेधाज्ञा थपिने भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थपिने जानकारी दिए । उनले विविध कारणले संक्रमण बढिरहेकाले निषेधाज्ञा थप गर्न लागिएको बताए । ‘‘पछिल्लो समय विविध कारणले संक्रमण बढिरहेको र मृत्युदर पनि उकालो लाग्दो छ । त्यसैले निषेधाज्ञा थप गर्न लागिएको प्रजिअ निरौलाले बताउनुभयो । निषेध गरिएका क्षेत्रहरुमा निषेधाज्ञा यथावत नै रहने उहाँले बताउनुभयो । पछिल्लो साता थप गरिएको निषेधाज्ञामा राति ८ बजे पछि अत्यावश्यक वाहेकका सवारी साधन चल्न नदिने निर्णय भएको थियो । संक्रमणदर बढेको भन्दै दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको छ । पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि ८ गते मंगलबार राति १२ बजे सकिदैछ । निषेधाज्ञा सकिन एक वा दुई दिन अघि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै आएको छ ।
