पछिल्लो २४ घण्टामा देशभर २४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १९२९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने देशभर २६ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेन विधिबाट ८१ हजार ९६८ जना पुगेको छ । यस्तै संक्रमितमध्ये ७ लाख ५ हजार ८९३ जना निको भएका छन् भने देशभर कोरोना संक्रमणबाट १० हजार ६३८ जनाको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh
