लिस्बन २५ सेप्टेम्बार । – एनआरएनए पोर्तुगलको दुई पक्षीय समनान्तर कमिटिको विवाद भौतिक भिडन्ततर्फ मोडिएको छ । आज लिस्बनको अलमेडा पार्कमा दुई पक्षबीच दोहोरो भिडन्त भएको छ । जसले उक्त क्षेत्र रणमैदानमा परिणत भएर केहीबेर तनाबग्रस्त बनेको थियो ।
समानन्तर एक पक्षीय नेतृत्व गरिरहेका रविन अधिकारीले अर्का पक्षको नेतृत्व गरिरहेका सोमफुरी शेर्पालाई कुराकानी गर्न भनेर सो पार्कमा बोलाईएको थियो । तर अधिकारीले सौहार्दपूर्ण वातावरणमा कुराकानी गरेर विवाद सुल्झाउने प्रयत्न गर्नु भन्दा पनि भिडन्त गराउन केही केटाहरुसमेत लिएर आएर निहुँ खोजको हुनाले आजको भिडन्त भएको सोम शेर्पा पक्षको दावी रहेको छ । “रबिन अधिकारी जी ले भेटघाट गरौ भन्नु भो, र तपाईले जहाँ भन्नुहुन्छ त्यही आउछौ भन्नु भो, मैले पनि विवाद निरुपण गर्न छलफलका लागि भेट्न खोज्नुभएको होला भनेर अलमेडा पार्कमा भेटौ भने, तर उहाँ तर पुरै भिडन्त गर्ने नियतका साथ १०/१२ जना केटाहरुको टोली नै लिएर झगडा पो गर्न आउनुभएको रहेछ अनि भेटने वित्तिकै खेल्ने भए खोलौ भनेर निहुँ खोज्न सुरु गरेपछि आजको भिडन्त भएको हो” सोमफुरी शेर्पाले भने । आजको उक्त घटनाबारे बुझ्न रविन अधिकारीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
भिडन्तका कारण केही व्यक्तिहरु गम्भीर घाईते भएका छन भने स्थानीय प्रहरी आएपछि दुबै पक्षकाहरु आफै आफै त्यहाँबाट पाखा लागेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh