सोलुखुम्बु :  सोलुखुम्बुबाट लामो दुरीको लागि छुट्ने यातायात सेवा आजबाट अनिश्चितकालसम्मका लागि बन्द गरिएकोे छ । यातायात विभागको निर्देशन अनुसार यात्रुवाहक सवारी साधन सुमो गाडीको छत हटाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले परिपत्र गरेसंगै व्यवसायीहरुले यातायात सेवा बन्द गरेका हुन ।

यात्रुबाहक सवारी साधनको छतमा यात्रुहरुको लगेजसहित बढी सामान बोक्दा दुर्घटना हुने सम्भावना बढी देखिएकोले यस्को न्यूनीकरणका लागि यातायात व्यवसायीहरुलाई निर्देशन दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्चार्जकृष्णकुमार कटुवालले जानकारी दिनुभयो ।

तर ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले दिएको सो निर्देशन स्वीकार्य नभएको संयुक्त सोलु यातायात व्यवसायीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठको भनाई छ ।यातायात व्यवसायी र जिल्ला प्रसाशन कार्यालयबीच यस बिषय आज छलफल हुने बताईएको छ । यातायात ठप्प हुँदा यात्रुहरुलाई आफ्नो गन्तव्यसम्मको यात्रा असहज भएको यात्रुहरुको भनाई छ ।

-Solu FM

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय