सोलुखुम्बु ः सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण खुम्बु क्षेत्र सेताम्मे बनेको स्थानीयले बताएका छन् । खुम्बुको नाम्चे, खुम्जुङसहितका क्षेत्रहरुमा हिजो सोमबार दिउसोबाट हिमपात हुन थालेको नाम्चेवाट लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

नाम्चे बजारमा हिजोबाट हिमपात सुरु भएको छ भने लुक्ला सहितका क्षेत्रमा आजबाट हिमपात सुरु भएको लुक्लाका तेम्बा शेर्पाले बताउँनुभयो । खुम्बुको तल्लो भेगमा हिउँ परिरहेको छ भने नाम्चे, लुक्ला लगायत्का स्थानबाट देखिने डाँडाहरु सेताम्मे बनेको स्थानिय लामाकाजी शेर्पाले बताउँनुभयो ।

हिमपात भएसँगै स्थानीयबासी खुसी भएका छन् भने खुम्बुका स्थानीय र पर्यटकहरु हिउँ खेल्नमा ब्यस्त बनेका छन् । हिउ परेपछि क्रमशः चिसो घट्दै जाने, हावाहुरीसमेत कम चल्ने तथा बालीनाली लगाउन उपयुक्त हुने स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय