–निनाम लोवात्ती, हो, भुटान सरकारको पर्यटन नीकिा सम्बन्धमा भन्नु पर्दा भुटान सरकारको पर्यटन नीति वा भनौं प्रयास आफ्नो देशमा आउने विदेशी पर्यटक ‘हाई क्वालिटी लो क्वान्टिटी’ का आउनु भन्ने रहेको देखिन्छ भने हाम्रो देश नेपालको चाहिँ ‘हाई क्वान्टिटी लो क्यावालटी !’ भए पनि होऊन् तर धेरै भन्दा धेरे संख्यामा आऊन् ! रहेको जस्तो देखिन्छ ।

हुनत अहिले नेपालमा मात्रै नभएर भुटानमा पनि पर्यटन व्यवसाय शून्य अवस्थामा छ । त्यसमाथि आफैले आफैलाई वा आफ्नै भनिनेहरुलाई कसरी नराम्रो भन्नु ! कसरी नराम्रो देख्नु !! र, कसरी नराम्रो भनी लेख्नु !!! तापनि यहाँ म आपूm स्वयम् सम्बन्धित रहेको पर्यटन क्षेत्रसँग रहेर अनुभव र अनुभूति–जन्य लेख लेख्दै छु । भुटानको कुरो गर्दा जनसंख्या र भूगोल दुवै आधारमा हेर्दा नेपालभन्दा धेरै सानो देश हो । तर, सानो देश भए तापनि भुटानबाट हामीले पर्यटन प्रवद्र्धनका सन्दर्भमा भने धेरै कुरा सिक्नुपर्ने देखिन्छ । नेपाल जस्तै हिमाली र भू–परिवेष्ठित देश पनि हो, –भुटान । भुगोल र जनसंख्याको आधारमा भुटान नेपालभन्दा सानो भए तापनि के–कसरी धेरैभन्दा धेरै गुणस्तरीय विदेशी पर्यटक भित्र्याउन सकिन्छ ? त्यसका लागि के–कस्तो खालको पर्यटन नीति, नियम, ऐन, कानुन आदि बनाउन उपयुक्त हुन्छ ? भन्ने सन्दर्भमा भने नेपालले भुटानबाट धेरै नै सिक्न सक्छ । किनभने, भुटान र नेपाल सरकारको पर्यटन सम्बन्धी सरकारी नीति, नियम, ऐन, कानुनहरुमा आकाश–जमीनको फरक देखिन्छ । भुटान सरकारले आप्mनो देशमा केवल विदेशी पर्यटकको संख्या बढाउनकै लागि भनेर जसलाई पायो, त्यसलाई (विदेशी पर्यटक नै भए पनि) पर्यटक मानेर आफ्नो देशमा ह्वार–ह्वार्ती प्रवेश गराउँदैन । भुटान सरकारले पर्यटक भन्दै जो पायो, त्यो व्यक्तिलाई विदेशी पर्यटक भन्दै ह्वार–ह्वार्ती आप्mनो देशमा प्रवेशाज्ञा दिँदैन । यसले देखाउँछ कि, भुटान सरकारको ध्यान आप्mनो देशमा आउने विदशी पर्यटकको संख्या थोरै नै होस्, तर, ती विदेशी पर्यटक गुणस्तरीय (धेरैभन्दा धेरै खर्च गर्न सक्ने लक्जरी÷डिलक्स्) नै होस्, भन्नेमा निक्कै ध्यान दिएको छ ।

भुटान सरकाको मातहतमा रहेको पर्यटन सम्बन्धी सरकारी निकाय टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी) ले प्रकाशित गरेको भुटान सरकारको पर्यटन सम्बन्धी नीति तथा कार्यक्रम हेर्ने हो भने के प्रस्ट हुन्छ भने कुनै पनि विदेशी पर्यटकले भुटान छिर्ने बित्तिकै प्रति व्यक्ति दैनिक दुईसय अमेरिकी डलर खर्च गर्नै पर्छ । अझ भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न टे्रकिङ, साईट सिन, जंगल सफारी, कल्चरल टुर, साईक्लिङ, बर्ड वाचिङ आदिका लागि अफ सिजन र पिक सिजन गरेर दुई सिजनमा विभाजन गरेर विदेशी पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टीसीबीले प्रति व्यक्ति प्रति दिन खर्चको सीमा तोकिदिएको छ । जस्तो कि, अफ सिजनमा भुटान घुम्न चाहने विदेशी पर्यटकले (जनवरी, फेब्रअरी, जुन, जुलाई, अगष्ट र डिसेम्बर) मा प्रति व्यक्ति प्रति दिन दुईसय अमेरिकी डलरमा प्याकेज बुक गर्नु पर्छ भने, पिक सिजनमा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर) प्रति व्यक्ति प्रति दिन दुईसय ५० अमेरिकी डलरमा बुक गर्नु पर्छ । स्मरण रहोस्, देशी विपर्यटकहरु भुटानमा रहँदा तीन तारे होटलमा बस्नु पर्छ । अन्यथा चार तारे वा पाँच तारे होटलमा बस्ने हो भने त्यस्ता विदेशी पर्यटकले अतिरिक्त प्रिमियम तिर्नु पर्ने टीसीबीले आफ्नो ‘कोड अफ कन्डक्ट’मै उल्लेख गरेको छ । मुख्य कुरो त्यस्तै भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तिमा तीनजना हुनै पर्ने नियम पनि राखेको छ, भुटान सरकारले ।

साथै भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यकटबाट लिने दैनिक दुईसय र दुईसय पचास अमेरिकी डलर (सिजन अनुसार) जुन छ, त्यसमध्ये ६५ अमेरिकी डलर ‘दिगो किासका लागि पर्यटन’ कार्यक्रमका लागि सरकारले सीधै ट्रेकिङ तथा ट्राभल अपरेटरहरुबाट कटौती गर्छ । सो रकम सरकारले निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, गरिबी निवारण, ग्रामीण विकासका लागि भवन निर्माण आदिमा खर्च हुन्छ । विदेशी पर्यटकले प्रति व्यक्ति प्रति दिन दुईसय र दुईसय ५० अमेरिकी डलर (सिजन अनुसार) तिरेपछि उनीहरुको खान्ते–पिन्तेको खर्चसमेत भुटान रहुञ्जेल टे्रकिङ÷ट्राभल कम्पनीले व्यहोर्छ । भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरु पनि दिएको देखिन्छ । जस्तो, भुटान भ्रमण गर्न आउने पर्यटक पाँच वर्षभन्दा कम उमेरको भए भिसा चार्जमा ४० अमेरिकी डलर मात्रै लिन्छ भने, सो पर्यटकको बाँकी सम्पूर्ण खर्च सरकारले निःशुल्क व्यहोर्छ । त्यस्तै पाँचदेखि १२ वर्ष उमेर समूहको केटाकेटी भए डेली प्याकेजमा ५० प्रतिशत छुट दिन्छ, भुटान सरकारले भने, विद्यालय वा विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्मको भए त्यस्तो पर्यटकले डेली प्याकेजमा २५ प्रतिशत छुट पाउँछ । साथै ११ जनाको समूह भए डेली प्याकेजमा एकजनालाई ५० प्रतिशत छुट दिन्छ । १६ जनाभन्दा माथिको समूह भए डेली प्याकेजमा एकजनालाई सत प्रतिशत छुट दिन्छ । आठ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टीमा ५० प्रतिशत छुट दिन्छ । १४ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई सत प्रतिशत रोयल्टी छुट दिन्छ । यसरी हेर्दा विदेशी पर्यटकबाट पैसा लिनका लागि मात्रै पैसा नलिएर भुटान सरकारले आप्mनो देशको भ्रमण गर्न आउने विदेशी पर्यटकहरुलाई विभिन्न सेवा सुविधाहरु पनि दिएको देखिन्छ ।

रोचक कुरो त के छ भने, भुटान भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ५८.७६ प्रतिशत ट्राभल÷टुर अपरेटरमार्फत पहिले नै बुक भएर भुटान भ्रमण गर्न आउने गरेका छन् भने सन् २०१९ मा ‘टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी)’ ले निकालेको पछिल्लो तथ्यांकअनुसार भुटान आएका विदेशी पर्यटकहरु मध्ये ८९ प्रतिशतको उदेश्य बिदा मनाउने रहेको देखिन्छ । तर, भुटान आउने विदेशी पर्यटकहरुको प्रतिव्यक्ति प्रतिदिन बसाई अवधि भने ६.३५ दिन मात्रै रहेको देखिन्छ । त्यस्तै भुटान भ्रमणमा आउने विदेशी पर्यटकहरु मध्ये ९४.३४ प्रतिशत पहिलोपटक आउने पर्यटक रहेका छन् । स्मरणीय छ, सन् २०१९ मा भुटानमा ३ लाख १५ ५९९ जना विदेशी पर्यटकहरुले भ्रमण गरेको देखिन्छ । त्यसमा भारतीय नागरिकहरु मात्रै लगभग ७० प्रतिशत अर्थात् २ लाख ३० हजार ३८१ जना भुटान भ्रमणमा गएका छन् भने, ११ हजार ७०७ जना अमेरिकी नागरिकहरुले भुटानको भ्रमणमा गएका छन् । त्यस्तै सात हजार ५८४ जना चिनियाँ नागरिकहरुले भुटानको भ्रमण गरेको तथ्यांक रहेको छ । त्यस्तै अर्को सुखद कुरो के छ भने, एक हजार ४३८ जना नेपाली नागरिकहरुले पनि सन् २०१९ मा भुटानको भ्रमण गर्न गएकोे देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय