सोलुखुम्बु – खोटाङको केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिला बजारमा गएराति आगलागी भएको छ । आगलागीमा पृथ्वी माध्यमिक विद्यालय नजिकै रहेको मन्सा राईको घर जलेर नष्ट भएको छ ।
विद्युत् सर्टबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको बाक्सिलास्थित इलाका प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहन प्रधानले जानकारी दिनुभयो ।
आगलागीपछि भागदौड हुँदा १५ वर्षीया सरिता तामाङ घाइते हुनुभएको छ । क्षतिको विवरण आउन बाकी रहेकोे प्रहरीले जनाएको छ ।