लिस्बन, १८ डिसेम्बर । पोर्चुगलको एउटा सक्रिय सामाजिक शेर्पा जातिको साझा संस्था शेर्पा किदुक पोर्चुगलको सातौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

आज पोर्चुगलको राजधानी लिस्बन सम्पन्न अधिवेशनले अध्यक्ष राजेन्द्र शेर्पा, वरिष्ठ उपाध्यक्षमा डेन्डी शेर्पा, उपाध्यक्षमा पासाङ्ग शेर्पा, महासचिव पेमा शेर्पा कोषाध्यक्षमा निमदिकी शेर्पा र सहकोषाध्यक्षमा पशी शेर्पा लगायत १७ कार्यसमिति सर्वसम्मतिले निर्वाचित भएको निर्वाचन समितिका संयोजक धनराज शेर्पाले जानकारी दिए ।

किदुकको अधिवेशनको उद्घाटन प्रमुख अतिथि खेम्पो नवाङ पेमाले गरेका थिए । विशेष अतिथिमा विश्व शेर्पा संघका केन्द्रीय सदस्य धनराज शेर्पा, एनआरएनए पोर्चुगलका निवर्तमान अध्यक्ष सोमफुरी शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष बौद्धप्रसाद गुरुङ, अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका प्रतिनिधि लगायत विभिन्न जातीय मातृसंस्थाका प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्य दिएका थिए । निमा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव लाक्पा छोटी शेर्पाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय