टोकियो तमु धीं जापानको आयोजनमा यस वर्षको ल्होसार भव्यताका साथ मनाएका छन् । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रोबिन शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको ल्होसार कार्यक्रममा गुरुङ सस्कृतीका गीत सङ्गीत सहित नेपालबाट जापान आइपुगेका नायिका तथा गायिका सबिना गुरुङ तथा कलकार बलबहादुर गुरुङको सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
ल्होसार कार्यक्रममा गुरुङ सस्कृतीका गीत तथा नृत्य प्रस्तुत हुँदा सहभागी भएका दर्शक तथा जापनिज नागरिकहरूले पनि कलाकारसँगै गीत गाएर एव नाचेर साथ दिएका थिए । नेपालबाट आएका कलाकार सहित जापानमा रहेका कलाकारहरुले विभिन्न गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए । ल्होसारको उद्घाटन सत्रमा प्रमुख अतिथि शेरचन सहित ओम गुरुङ, सिद्धार्थ श्रेष्ठ, बिजेश थकाली, शिव प्रसाद पौडेल र श्री गुरुङले शुभकामना मतब्य राखेका थिए । तमु धी जापानका का.वा अध्यक्ष अरमान गुरुङको सभापतित्वमा एवं महासचिव खेम गुरुङले सञ्चालन गरेको ल्होसार कार्यक्रम टोकियोको उयोनो पार्कमा सम्पन्न भएको हो ।
कार्यक्रममा जापानमा रहेका गुरुङ समुदाय सहित नेपाली र जापनिज नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो । अध्यक्षमा हिमाली गुरुङ निर्वाचित तमुधीं जापानको २९ औ ल्होसार कार्यक्रममा आगामी २ वर्षको कार्यकालका लागि हिमाली गुरुङको नेतृत्वमा २९ सदस्यको कार्यसमिति चयन गरेको छ । निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ । अध्यक्ष : हिमाली गुरुङ उपाध्यक्ष : आरमान गुरुङ उपाध्यक्ष : सोममाया गुरुङ उपाध्यक्ष : अनिला गुरुङ उपाध्यक्ष : खेम गुरुङ उपाध्यक्ष : मान गुरुङ महासचिव: विनय गुरुङ सचिव : दिनेश गुरुङ सचिव : टेकन गुरुङ कोषाध्यक्ष : मिथुन गुरुङ सह-कोषाध्यक्ष : प्रदीप गुरुङ सांस्कृतिक संयोजक : केवल गुरुङ सह-संयोजक : ओम सङिग गुरुङ खेलकुद संयोजक : बुद्ध गुरुङ सह-संयोजक : कुल बहादुर गुरुङ युवा संयोजक : मुकेश गुरुङ सहसंयोजक : अशोक गुरुङ महिला संयोजक : माया गुरुङ सह-संयोजक : डिनु गुरुङ सदस्य : खुसी गुरुङ सदस्य : प्रीति गुरुङ सदस्य : रुपेश गुरुङ सदस्य : चन्द्र गुरुङ सदस्य : प्रीति घोताने गुरुङ सदस्य : ज्याक गुरुङ सदस्य : सुनिता गुरूङ कार्यसमितिमा प्रवक्ता र आर्थिक संयोजक र सहसंयोजक पछि चयन गरिने तमुधी जापानले जानकारी दिएको छ ।