रामेछाप,कात्तिक १७ । सहकारी जगतमा हाल रामेछापको माथिल्लो भेगमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री समृद्धि बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभा तथा बार्षिक उत्सव अाज उमाकुण्ड गाउँपालिकाको प्रमुख शेर बहादुर सुनुवारको प्रमुख अतिथित्वमा एक कार्यक्रम मार्फत सम्पन्न गरिएको छ । केही बर्ष अगाडि हिमगांग बचत तथा ऋण सहकारी संस्था र समृद्धि कृषि सहकारी संस्था एकीकरण पश्चात् भएको यो दोस्रो बार्षिक साधारणसभामा उमाकुण्ड गाउँपालिकाको प्रशासकीय अधिकृत ,वडा नं. २ का अध्यक्ष खम्बाध्वज बस्नेत,वडा सदस्य अाङ दोर्जी शेर्पा ,शिक्षा प्रमुख ङावा शेर्पा ,स्वस्थ्य प्रमुख लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरूको उपस्थिति थियोे ।