शेरसाङ्गे शेर्पा खिजिदेम्बा,ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल माथि राती आक्रमण भएको छ । गएराती करिब १० बजे अज्ञात समुहले अध्यक्ष पौडेललाई आक्रमण गरेका हुन् । सुतिरहेको अवस्थामा केहि व्यक्तिको समुहले आफुमाथी कुटपिट गरेको अध्यक्ष पौडेलले भनेका छन् । निवासमै सुतिरहेको अवस्थामा जरुरी काम छ भनेपछि निस्कीएँ’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘ढोकाबाट बाहिर निस्कनासाथ म माथि आक्रमण भयो ।’ उहाको भनाई छ ।
पौडेलका अनुसार लिखु गाउँपालिका वडा नम्बर ९ पोकलीबाट आएको बताउने ४ जनाको समुहले आक्रमण गरेका हुन् । अज्ञात समुहको आक्रमणबाट घाईते गाउँपालिका अध्यक्ष पौडेलको बायाँ घुँडामा ४ टाँका लगाईएको छ भने तिघ्रा र नलि खुट्टामा गहिरो चोट लागेको छ । हातको कान्छि औंलाको नङ सहितको भाग फुटेको छ । स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराईएको र थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भईरहेको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिनुभएको छ । प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताउनुभएको छ ।
अहिले चौतर्फी आक्रमण गर्ने खोजि गरि कारबाहीको माग भईरहेको छ भने केहि स्थानीयका अनुसार दोषी छिटो पत्ता लाग्ने बताईएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh
