“आम सञ्चार क्षेत्रमा शेर्पाहरुको ब्यापक सहभागिताको लागि” भन्ने मूल नारा सहित शेर्पा सञ्चार समूह नेपाल ताप्लेजुङले आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति ताप्लेजुङका अध्यक्ष धनेन्द्र मादेन प्रमुख अतिथि त्यसैगरी बिशिष्ट अथितिहरु आदिबासी जनजाति महासंघ जिल्ला कार्य समिति ताप्लेजुङका अध्यक्ष भद्र बोखिम, पत्रकार महासंघका निर्वतमान अध्यक्ष खगेन्द्र अधिकारी, शेर्पा संघ ताप्लेजुङका अध्यक्ष सुन्दर शेर्पा लगायत बिभिन्न संघ सस्थाहरुको प्रतिनिधिको उपस्थिति रहेको शेर्पा सञ्चार जिल्ला ताप्लेजुङका सचिब दावा तेन्जी शेर्पा बताइको छ ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका निर्वतमान अध्यक्ष खगेन्द्र अधिकारीले शेर्पा समुदायमा बिगत केही बर्ष अगाडी शेर्पा समुदायको पत्रकारहरु खोज्नु पर्ने अवस्था थियो तर अहिले शेर्र्पा समुदाय पत्रकारहरु अग्रस भई काम गरको देख्दा खुसी भएको बताउनु भयो ।
शेर्पा समुदायलाई सञ्चार क्षेत्रमा सहभागिता गराउनका निम्ती पहिलो पटक बौद्ध धर्म सम्बन्धी, थुप्तेन जिग्डोल (निवर्तमान अध्यक्ष बौद्ध महासंघ), सामाजिक तथा राजनितिक क्षेत्र सम्बन्धी लाक्पा शेर्पा (निवर्तमान अध्यक्ष हिमालयण शेर्पा साँस्कृतिक केन्द्र) सञ्चार सम्बन्धी फुर्किमा शेर्पा (केन्द्रीय अध्यक्ष शेर्पा सञ्चार समूह नेपाल) र बिधार्थीको हक हित सम्बन्धी डेमा छिरिङ शेर्पा(महासचिब शेर्पा बिधार्थी संघ)ले प्रशिक्षण गरिएको कार्यक्रममा १२० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रम ताप्लेजुङको सामुदायिक भवन सिटि हलमा सम्पन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय