ओखलढुंगा । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा भीरबाट लडेर ओखलढुंगाको एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा खिजीदेम्बा गाउँपालिका ८ भुसिंगाका होम बहादुर बस्नेतका १७ वर्षीय छोरा नवराज बस्नेत रहेका छन् ।
शुक्रबार बिहान घाँस काट्ने क्रममा सोलुखुम्बुको लिखुपिके गाउँपालिका २ स्थित लोलुमभिरबाट करिब ६० मिटर तल खसेर बस्नेतको घटनास्थलमै मृत्यु भएको बताइएको छ। मृतकको शबलाई मुचुल्का बनाई पोष्टमाटमका लागि अस्पताल लगिएको वडा अध्यक्ष बस्नेतले जनाइएको छ।
खिजीदेम्बा-३ पुठा निवासी दङिमा शेर्पाको श्रीमती वर्ष ४० को पसी शेर्पाको घाँस काट्ने क्रममा शुक्रबार बिहान रुखबाट खसेर गम्भीर घाइते भएको छ। घाइते शेर्पालाई खिजीदेम्बा गाउँपालिकाको एम्बुलेन्स मार्फत सोही दिन उपचारको लागि काठमाडौ पठाइएको खिजीदेम्बा गाउँपालिका वडा नं-३ का वडा सदस्य रिन्जी शेर्पाले बताउनुभयो।ओखलढुंगामा भीरबाट लडेर बर्षेनी थुप्रै ब्यक्तिले अकालमै ज्यान गुमाउदै आएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh