शेर्पा जाती को भाषा ,कला,सस्कृती तथा परम्परागत मुल्य र मान्यता हरु को संरक्षण तथा प्रबर्द्धन गर्न, का लागि युरोपियन मुलुक रोमेनिया मा बसोबास गरि रहेका सबै शेर्पा हरु लाई सङ्गठित गर्न विभिन्न कारण हरु बाट समस्य मा परेका हरु लाई मानवीय रुपमा उचित सहयोग गर्न तथा आफ्नो मातृभुमी देश नेपाल छोडेर बिदेश आएका हरुले पनि बिदेशी भुमिमै रहेर र शेर्पाहरुको ऎतिहासिक मौलिक पहिचानका खातिर अग्रसर हुन समय र परिस्थिति अनुसार आबश्यक भएकाले,रोमेनिया मा रहेको सबै शेर्पाहरुको साझा सस्थाको रुपमा २०१६/१२/४/ मा ल्हाक्पा तेन्जी लामा को अध्यक्षता मा ११ सदस्य कार्य समिति चयन गरि शेर्पा किदुग, रोमानिय स्थापना गरिएको हो ।
किदुग स्थापना भए यता रोमानिया पनि बौद्ध धर्मलम्बी नेपाली हरु को नयाँ बर्ष लोसार पर्व बार्षिक रुपमा मनाउदै आइ रहेको छ सुरुका बर्ष हरुमा रोमानिया शेर्पा हरुको सङ्ख्यामा केही न्यून रहेको थियो भने केही समय यता शेर्पा हरु को सङ्ख्या मा केही वृद्धि भएको देखिन्छ र जति पनि शेर्पा हरु जो विभिन्न कामको सिलसिलामा रोमानिया रहदा शेर्पा किदुग रोमानिया मा आवद्ध हुने गरेको छ ।त्यसैगरी शेर्पा किदुग रोमानिया सामाजिक क्षेत्रका विभिन्न कार्य हरु मा पनि अग्रसर रहेको छ ।
बिदेशी मुलुकको जुनसुकै देशमा कार्यरत रहेका सबै नेपाली दाजुभाइ दिदिबहिनी हरु लाई परी आउने विभिन्न समस्य हरु मा पनि किदुग को अग्रसरतामा सहयोग रकम हरु संकलन गरि विभिन्न समस्य बाट पीडित ब्याक्ती हरु लाई सहयोग गर्ने किदुग को उदेश्य अनुरुप साइप्रस मा बोर्न म्यारो रोग बाट पीडित नेपाली चेली मिङमा डोमा शेर्पा को उपचार सहयोग को लागि किदुग को पहलमा केही रकम संकलन गरि पीडित लाई उपलब्ध गराएको छ । अगामी दिन हरुमा किदुग लाई आफ्नो भाषा धर्म कला सस्कृती सरक्षाण गर्ने कार्य मा अगि बढाउनु का साथै सामाजिक कार्य मा पनि अग्रसरता गराउदै लैजाने छ । थुची छे !!!