शेर साङबो शेर्पा -सौल कोरीया, नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया शाखा मूल आयोजक र तमुधिं, कास्की परिवार दक्षिण कोरिया सहआयोजक मा रहने गरि आगामी मार्च १७ तारिक नेपाली चलचित्र दिदी बहिनी दोङदेमुन स्थित छुन्ग्रु गुमिन व्येग्वा मा प्रर्दशन हुने भएको छ । जनजाती माह संघ ले पोखरामा अध्ययनरत आर्थिक अवश्था निकै कम्जोर रहेको जेहेन्दार विद्यार्थी हरु लाई छात्रवृत्ति र आवासीय सुविधा दिने उदेश्य ले उक्त चलचित्र प्रर्दशन गर्न लागेको माह संघकि अध्यक्ष मल्लिक थकालीले जानकारी दिएकी छिन् ।
कुशबहादुर गुरुङको निर्देशनमा बनेको चलचित्रमा अनिता गुरुङ, भिम गुरुङ र मनिषा गुरुङ मुख्य भुमिका रहेका छन् । चलचित्रको कथा वस्तु समाजिक र पारिवारिक बिषयमा आधारित रहेको निर्माता एवं अभिनेत्री अनिता गुरुङले बताइन् । म्याक्सन फोर डी स्टुडियोको पोष्ट प्रोडकशन मा रहेको चलचित्रलाई अनिता गुरुङ, धिराज गुरुङ र मनिषा गुरुङले निर्माण गरेको हो ।
चलचित्रमा तीन वटा गीत समबेश रहेको छ। भेष गुरुङ, खेम थापा मगरको छायांकन दृश्य लाई छवि राणा मगरले सम्पादन गरेका हुन् । चलचित्र प्रर्दशनका दिन निर्माता एवं अभिनेत्री अनिता गुरुङ समेत दर्शकहरु सँगै बसेर चलचित्र हेर्ने उनिले बताईन् । जनजाती माह संघकि अध्यक्ष थकालीले कोरीया वाशी सम्पुर्ण नेपाली चलचित्र प्रेमी दर्शकहरु लाई आगामी मार्च १७ तारिकको दिन दोङदेमुन स्थित छुन्ग्रु गुमिन व्येग्वा मा प्रर्दशन हुन गईरहेको चलचित्र दिदि बाहिनी हेर्न उपस्थित भई दिनु हुन आवहान समेत गरेकि छिन् ।