सोनाम याङ्जी शेर्पा: खुम्बु पासाङ ल्हमु गाउापालिकाले सवारी साधन खरिदका लागि छुट्याएको बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्ने भएको छ । गाउँपालिकाको प्रवक्ता ल्हाक्पा छिरी शेर्पाका अनुसार गाउँपालिकाले यस आर्थिक वर्षदेखि लागू हुने गरि निर्णय भएको स्वास्थ्य सुरक्षा कार्ड योजनालाई सफल बनाउन यो निर्णय भएको हो । देशकै नमुना उदाहरणीय योजनाको रूपमा सुरू गरिएको स्वास्थ सुरक्षा कार्ड अार्थिक वर्ष सँगै सुरू हुनेछ । यसबाट स्थानियमा उपचारकै लागि पैसा वचत गर्नुपर्ने स्थितिबाट टाडा भई गाउँ र देश विकासमा लाग्न हौसला मिल्ने अाशा गाउँपालिकाले गरेका छन् ।
गाउापालिकासंग प्रधानमन्त्री कार्यलयले उपलब्ध गराएको पुरानो गाडी भएपनि गाडीको मर्मत खर्च महंगो बन्दै गएपछि गाउँपालिकाले नयाँ गाडी किन्ने योजना बनाएको थियो । गत आर्थिक वर्षमा गाउँपालिकाको प्रयोजनका लागि स्कर्पियो खरिद गर्नका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त विनियोजित रकम स्वास्थ क्षेत्रमा लगानी गर्ने भएको हो । प्रदेश राजधानी विराटनगर, संघिय राजधानी काठमाडौँ लगायत विभिन्न स्थानमा गइरहनु पर्ने भए पछि गाउँपालिकाले गाडी किन्ने निर्णय गरेको भएपनि विलासी साधनको खरिद र प्रयोगमा लोभ नगर्ने जनप्रतिनिधिको यो व्यवाहारले गर्दा नै विकासले तिव्रता पाएको स्थानिय पालिकाबासीको बनाई छ ।
स्वास्थ कार्ड योजनामा हरेक नागरिकबाट बार्षिक १५ सय रुपैयाँ जीवन स्वास्थ्य शुल्क संकलन गरी बार्षिक १० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार गरिदिने नयाँ योजना गाउँपालिकाले अघि सारेको छ ।
गाउँपालिकामा विकासित देशहरूमा जस्तै उपचार गर्ने भएपछि उपचार खर्च नहुदा के गर्ने भन्ने चिन्ताबाट गाउँपालिका बासीले मुक्ति मिल्ने अाशा राखिएको छ ।
खुम्बु पासङल्हमु गाउँपालिकाको स्वास्थ कार्ड योजना नेपालको लागि नमुना योजना हो ।