बाग्लुङ समाज जापान ले नेपालबाट कराते वल्ड च्याम्पियनसिपमा भाग लिई पदक जित्न सफल कराते टोलीलाई एक डिनर कार्यक्रमको आयोजना गरी प्रोशान गर्ने उदेश्य साथ खेलकुद सामाग्रीका लागी तिस हजार नगद सहित सम्मान स्वरूप प्रशिक्षक कृष्ण प्रसाद कडेललाई हस्तांतरण गरेको छ उक्त कराते टोली ले दुई रजत र दुई कांस्य गरि कुल चार पदक प्राप्त गरेको थियो र समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठ ले आफु पनि खेलाडी भएको ले खेलाडी को मर्म राम्रो संग बुझेको र खेलाडीहरू सधै अनुसाशन र उचित ठाऊमा आफ्नो प्रदर्शन गर्नु पर्ने भनाई राख्दै साथै आगमी दिनहरूमा अझ मेहनत गरि थप सफलताको लागी शुभकामना ब्यक्त गर्नु भएको थियो भने सन्चालन समाजका सचिब राजु केसी ले गर्नु भएको थियो।
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh