सोलुखुम्बु । सोलुखुम्बुको सिस्नेरी सडक खण्ड अवरुद्ध भएको छ । निरन्तरको बर्षाका कारण सडक खण्ड पुनः अवरुद्ध भएको हो । बर्षा याममा बर्षात्सँगै पहिरोका कारण प्राय अबरुद्ध भइरहने सिस्नेरी खण्डमा शुक्रबारको भारी बर्षाका कारण ठूलो ठुलो ढुंगा खसेर सडक अबरुद्ध भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सडकमा थुप्रिएको ढुंगा स्काभेटरले हटाउन नसक्ने अवस्था रहेको छ । सडक खुलाउनका लागि प्रयास भई रहेको प्रशासनले जनाएको छ । निरन्तरको बर्षाका कारण सोलुखुम्बुको अन्य स्थानका सडकहरुमा समेत पहिरो गएको छ ।
-solukhumbu samachar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय