नेपालबाट कोरिया प्रवेश गरी विभिन्न पेशा व्यवसाय क्षेत्रमा आबद्ध रहेका सम्पूर्ण शेर्पा जातिहरुलाई एकजुट गराउँदै भातृत्वको मेलमिलाप गराउँदै शेर्पा जातिको भाषा धर्म संस्कृति तथा परम्परागत मूल्य मान्यताहरू जस्ता ऐतिहासिक मौलिक पहिचानहरूको संरक्षण र प्रवर्धन गर्न कोरियामा क्रियाशील सबै शेर्पा समुदायबीच एकता कायम गर्दै शेर्पाहरूबीच युगौं युगसम्म प्रघाट सम्बन्ध स्थापित गर्न एकताबद्ध सामर्थ्यका साथ समग्र शेर्पा समुदायको विकास र हक अधिकार स्थापित गर्न शेर्पा संघ दक्षिण कोरियाको आवश्यकता महसुस गरेको हुनाले सर्वप्रथम त सन् २०११ मा दक्षिण कोरियामा क्रियाशील तत्कालीन युवा समाजसेवी कान्छा शेर्पाको नेतृत्वमा शेर्पा संघ दक्षिण कोरिया को स्थापना गरी सक्रिय रूपमा अगाडि बढ्न थालेका थिए। दक्षिण कोरियामा स्थापित हरेक संघसंस्थाहरूको कार्यावधि दुई वर्षको रहने भए ता पनि कान्छा शेर्पाले सुरुवाती चरणमा दुई वर्षसम्म तदार्थ समिति अन्तर्गत रहेर शेर्पा संघ दक्षिण कोरियाको नेतृत्व गर्नुभएक थिए र तत्पश्चात पून: दुई वर्ष कार्यकाल गरी जम्मा चार वर्षसम्म संस्थाको नेतृत्व गर्नुभएका थिए। त्यसपछिको समयहरूमा क्रमश सन् २०१५ देखि २०१६ सम्म टेण्डी शेर्पा सन् २०१७ देखि २०१८ सम्म शेरजङबु शेर्पा सन् २०१९ देखि २०२० सम्म आङ पासाङ शेर्पा सन् २०२१ देखि २०२२ सम्म थुतुङ गेल्जि शेर्पा हुँदै हाल शेर्पा संघ दक्षिण कोरियाको अध्यक्षमा दोर्ची शेर्पा निर्वाचित भई कार्यरत हुनुहुन्छ ।
शेर्पा संघ दक्षिण कोरियाको तेश्रो महाधिवेशनको एक जलक
सगरमाथा आरोही दापुटी शेर्पा सम्मान कार्यक्रमको एक जलक
संस्थाको उद्देश्यहरू
शेर्पा संघ दक्षिण कोरिया एक मुनाफा रहित जनहितकारी सामाजिक संस्था हो। जसले कोरिया भरि छरिएर रहेका सम्पूर्ण शेर्पा समुदायहरूलाई एकजुट गराउँदै संस्थागत एकता कायम गर्दै शेर्पाहरूको भार्षिक, धार्मिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, सूचना तथा सञ्चार, खेलकुद र कलाकारिता क्षेत्र लगायत अन्य सामाजिक पहिचान र कल्याणकारी योजनामा समन्वय गरी सहयोग गर्नुको साथै विविध कारणले अप्ठ्यारो परिस्थिति झेलिरहेका शोषित पीडित तथा अपाङ्ग र असहाय व्यक्तिहरूलाई आवश्यक परेको बेलामा उचित सहयोग गर्ने गराउने र मानवीय तवरबाट विभिन्न कारण समस्यामा परेकाहरुलाई सहयोग गर्ने गरिन्छ त्यस्तैगरी दक्षिण कोरियामा क्रियाशील विभिन्न संघसंस्थाहरूसँग हातेमालो गरी सामाजिक परोपकारी कार्य गर्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरू सँग समन्वय गरी शेर्पा समुदायको हितमा हरेक कार्यक्रमहरू समेत आयोजना गरिनेछ।
२१५२ औं स्यिङ मो डुल् लो ग्याल्पो ल्होसार सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि राजदूत डा शिवमाया तुम्बाहाम्फेको साथमा अन्य आमन्त्रित अतिथिहरु
संगठनिक विकास
हिजोको त्यो पञ्चायतकालीन समयमा एउटै जाति एउटै बेष एउटै भाषा र एउटै धर्म भन्ने सिद्धान्तलाई आत्मसाथ गरिने भएको हुँदा नेपालमा धेरै जातजातिहरु रहेता पनि ती हरेक जातजातिहरूको भाषा धर्म र संस्कृति जस्ता जातीय पहिचानको कुराहरु दिन प्रतिदिन लोप हुँदै गइरहेको भएतापनि विक्रम सम्वत २००७ सालमा राणा शासनको अन्त्य पश्चात् नेपाली भूमिमा प्रजातन्त्रको उदय भएसँगै नेपालमा रहेका विभिन्न जातजाति वर्ग र समुदायहरूले आफ्नो अधिकार प्राप्तिको निमित्त आफ्नो पहिचान स्थापित गर्नका निमित्त र आफ्नो समुदायको उत्थानको निमित्त विभिन्न संगठन तथा संघसंस्थाहरू स्थापना गरेर सशक्त रुपमा सङ्घर्ष गर्दै आएक थिए यद्यपि हाम्रो देशमा आर्थिक संकट तथा व्याप्त बेरोजगारी समस्याको कारण रोजगारी तथा अर्थोपार्जनको निमित्त ठूलो संख्यामा नेपालीहरू विदेशिनु थालेका थिए। तत्पश्चात् विभिन्न देशहरूमा नेपालीहरूको चाप तीव्र रुपमा बढ्दै जान थालेपछि प्रतिकूल वातावरणको कारण विदेशिएका हरेक नेपालीहरूको जीवनस्तर निकै शास्तिपूर्ण बन्दै गएपछि विकल्प स्वरूप प्रवासी भूमिमा पनि विभिन्न जातजाति तथा समुदायहरुले छुट्टाछुट्टै संगठन खडा गरेर आफ्नो देश र जनताको हितको लागि निकै नै महत्वपूर्ण कार्यहरू गर्दै आइरहेको अवस्थामा शेर्पा समुदायको मानिसहरु पनि ठूलो संख्य विभिन्न देशहरूमा पुगेर हरेक देशहरूमा छुट्टाछुट्टै संगठन स्थापना गरिसकेपछि विश्वभरिका विभिन्न देशहरूमा बसोबास गर्ने सम्पूर्ण शेर्पा समुदायहरूको भाषा धर्म संस्कार र संस्कृतिमा एकरुपता ल्याउनका लागि एउटा बृहत छाता संगठनको आवश्यकता महसुस गरी सन् २०१७ अक्टोबर ८ तारिख नेपालको राजधानी काठमाडौँमा विश्वभरिको शेर्पा संघ प्रवास शाखा तथा भात्री संगठनहरूको प्रतिनिधिहरू र शेर्पा समुदाय भित्रका विभिन्न विद्वान व्यक्ति व्यक्तित्वहरूको बृहत उपस्थितिमा विश्वभरिको शेर्पा संघहरूको एउटै छाता संगठनको रुपमा तत्कालीन नेपाल शेर्पा संघ केन्द्रीय कमिटीको अध्यक्ष एडी लामा शेर्पाको नेतृत्वमा global sherpa association को स्थापना गरी विश्वभरिको प्रवास संगठनहरूलाई coordination गर्दै शेर्पा समुदायको लागि निकै नै ठूलो ऐतिहासिक कार्यको थालनी गर्नुभएको थियो। Global sherpa association ले शेर्पा भाषा र संस्कृति संरक्षण तथा एकरुपता ल्याउनका लागि (sherpa world) नामक App निर्माण गरी हाल विश्वभरि वितरण गरिरहेको छन भने हालसम्म global sherpa association मा विश्वभरिका २७ वटा मुलुक को शेर्पा संघहरू वैधानिक रूपमा अभद्ध हुनुको साथै शेर्पा संघ का विभिन्न भातृ संगठनको प्रतिनिधिहरू समेत अभद्ध रहेको छन् र अन्य नयाँ देशहरूबाट पनि सहभागी हुने क्रम जारी नै भएको हुँदा निकट भविष्यमा global sherpa association आझ बृहत हुँदै जाने सम्भावना प्रशस्त रहेको देखिन्छ global sherpa association को अधिवेशन हरेक तीन वर्षको अन्तरालमा different- different country हरुमा high population को आधारमा गरिने व्यवस्था पनि तत्कालीन एडी लामा शेर्पा नेतृत्वको कमिटीद्वारा पारित गरिएको थिए। त्यसकारण सोही विधान अनुरुप global serpa associationको पहिलो कार्यकाल नेपालबाट एडी लामा शेर्पाले नेतृत्व गर्नुभएको थियो भने दोस्रो कार्यकाल इन्डियाबाट तेन्दुप शेर्पाले हाल नेतृत्व गरिराख्नुभएको छ त्यसैगरी high population को आधारमा आगामी अधिवेशन पश्चात अमेरिकाले नेतृत्व गर्ने लगभग निश्चित नै मान्न सकिन्छ भनेदेखि तत्पश्चात क्रमश कोरिया र जापानको पनि चाँडै नै पालो आउने सम्भावना maximum रहेको पाइन्छ। त्यसकारण शेर्पा संघ दक्षिण कोरियालाई बाहिरबाट झट्ट हेर्दा निकै साँघुरो जस्तो देखिएता पनि वास्तवमा नजिकबाट सुक्ष्म ढंगले नियाल्ने हो भने अत्यन्तै ठूलो सञ्जाल को कारण निकै नै फराकिलो तथा विशाल रहेको देखिन्छ
शेर्पा संघ दक्षिण कोरियाको वर्तमान अवस्था
हाल दक्षिण कोरियामा सशक्त एवं जुझारु युवा समाजसेवी दोर्ची शेर्पाको नेतृत्वमा सात जना सचिवालय सदस्य तथा कार्यसमिति सदस्य सहित जम्मा २५ जनाको संयुक्त समूह सशक्त रुपमा क्रियाशील रहेको छ। त्यसैगरी हाम्रो गरिमामय संस्थालाई सधैंभरि उचाइमा राखी राख्नका निमित्त संस्थाको गरिमामाथि कुनै पनि किसिमको आँच आउन नदिनका निमित्त र संस्थालाई अझ थप मजबुत बनाउनका निमित्त दक्षिण कोरियामा रहनुहुने विशिष्ट- विशिष्ट व्यक्ति व्यक्तित्वहरू १५ जनालाई सल्लाहकार तथा संरक्षकको रुपमा मनोनित गरिएको छ र संस्थामा कुनै पनि किसिमको बृहत कार्यक्रमहरू आयोजना गर्नुपर्दा back support स्वरूप थप जनशक्तिको रूपमा दक्षिण कोरियाली शेर्पा समुदाय भित्रका सरोकारवाला व्यक्ति व्यक्तित्वहरुलाई ठूलो संख्यामा आजीवन सदस्य तथा साधारण सदस्य समेत मनोनित गरी क्रियाशील रहेको र पछिल्लो समयमा संस्थाको आर्थिक अवस्था पनि मजबुत हुँदै गएको हुँदा शेर्पा संघ दक्षिण कोरिया आफैमा निकै नै मजबुत तथा शक्तिशाली संस्थाको रुपमा मान्न सकिन्छ। स्थापनाकालदेखि नै हरेक वर्ष शेर्पा समुदायको महान चाड ग्याल्पो लोसार लगायत विभिन्न कार्यक्रमहरू बृहत रूपमा आयोजना गर्दै आइरहेको शेर्पा सङ्घ दक्षिण कोरियाले हिमालयन सांगीतिक धमाका जस्ता अन्तर्राष्ट्रिय स्तरको अत्यन्तै बृहत कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नु दक्षिण कोरियाबासी शेर्पा समुदायहरूको लागि मात्र नभएर विश्वभरि छरिएर रहनुभएका सम्पूर्ण शेर्पा तथा गैर शेर्पा समुदायहरूको लागि समेत निकै नै ठूलो गौरवको विषय हो।
हिमालयन सांगीतिक धमाका कार्यक्रममा नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकार मिङमा शेर्पा र अस्मिता अधिकारीलाई स्वागत गर्दै शेर्पा संघ दक्षिण कोरियाको प्रतिनिधिहरु
हिमालयन सांगीतिक धमाका २०२४ कार्यक्रममा आमन्त्रित अतिथि तथा दर्सकहरुलाई शेर्पाहरुको मौलिक शेब्रु नृत्य द्वरा स्वगत गर्दै
शेर्पाहरुको मौलिक शेब्रु नृत्य द्वरा स्वगत गर्दै हिमालयन सांगीतिक धमाका २०२४ कार्यक्रम सुरु भएको कार्यक्रमको एक जलकglobal serpa association र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको छाताभित्र केन्द्रित रहेर विशेष गरी दक्षिण कोरियामा क्रियाशील विभिन्न जातीय संस्थाहरू त्यसैगरी NRNA दक्षिण कोरिया NCC दक्षिण कोरिया MTU दक्षिण कोरिया र दक्षिण कोरियामा स्थापित विभिन्न क्षेत्रीय संस्थाहरू विभिन्न राजनीतिक दलहरू विभिन्न जिल्लाका संस्थाहरू लगायत अन्य समुदायहरूसँग समेत आर्थिक भौतिक र नैतिक हिसाबले बलियो समन्वय तथा सहकार्य गर्दै सशक्त ढङ्गले अगाडि बढिरहेको अवस्था छ ।
-दोर्जे शेर्पा महासचिव शेर्पा संघ दक्षिण कोरिया