
काठमाडौँ – गायक सोनाम शेर्पा (कोसिस) शेर्पा गायिका ल्हामु शेर्पाको स्वरमा ‘अल्लारे सन्नानी (के छ खबर ?)’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सोनाम शेर्पा (कोसिस) अफिसियल यूट्युब च्यानलमा सार्वजनिक गरिएको गीतमा गायक सोनाम शेर्पा (कोसिस)को शब्द, संगीत रहेको छ । शेर्पा फिल्म द्वारा निर्माण गरिएको भिडियोमा नबिन गुरुङले निर्देशन गरेको छ भने कर्मा शेर्पा, ङवाङ नुरी शेर्पा, आङ फुली शेर्पा, मिङ्मा सोनाम शेर्पाले अभिनय गरेका छन्