✍️ पेम्बा गेलु शेर्पा/५ मे २०२५ –  बेल्जियममा आर्थिक अवस्था गम्भीर बन्दै गएको संकेतस्वरूप अप्रिल २०२५ को महिनामा मात्रै ९९१ कम्पनीहरू Bankrupt मा गएका छन्। यो संख्या अप्रिल २०२४ को तुलनामा ७.३७ प्रतिशतले बढी हो र अप्रिल महिनाको अहिलेसम्मकै सबैभन्दा उच्च रेकर्ड पनि बनेको छ। Bankrupt हुने कम्पनीहरूको संख्या फ्लान्डर्स र ब्रसेल्स/राजधानी क्षेत्रमा उल्लेखनीय रूपमा बढेको छ भने वालोनिया क्षेत्रमा भने सामान्य गिरावट देखिएको छ। फ्लान्डर्समा ५२२ कम्पनीहरू Bankrupt भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४.६१ प्रतिशतले वृद्धि हो। ब्रसेल्स/राजधानी क्षेत्रमा १८८ कम्पनीहरू Bankrupt भएको घोषणा गरेका छन्, जुन १८.२४ प्रतिशत वृद्धि भएको हो। त्यस्तै, वालोनिया क्षेत्रमा २५६ कम्पनीहरू बन्द भएका छन्, जुन गत वर्षको तुलनामा १.१६ प्रतिशतले घटेको हो।

सन् २०२५ को पहिलो चार महिनामा कुल ३,९८७ कम्पनीहरूले बेल्जियममा Bankrupt को प्रक्रिया पूरा गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.६५ प्रतिशतको वृद्धि हो र सन् २०१३ यताकै सबैभन्दा उच्च संख्या पनि हो। तीमध्ये २,२३७ कम्पनीहरू फ्लान्डर्समा, ९३३ वालोनियामा र ७२० ब्रसेल्स/राजधानी क्षेत्रमा रहेका छन्। ब्रसेल्समा त यो संख्या सन् २०२० मा कोभिड महामारी सुरु भएयता अहिलेसम्मकै उच्च हो।

विश्लेषण अनुसार, अहिले Bankrupt हुने कम्पनीहरू अघिल्लो वर्षहरूमा बन्द भएका कम्पनीहरूको तुलनामा पुराना छन्। २०२५ मा Bankrupt भएका कम्पनीहरूमध्ये जम्मा ३० प्रतिशत मात्रै पाँच वर्षभन्दा कम समयदेखि सञ्चालनमा रहेका थिए, जबकि ३४ प्रतिशत कम्पनीहरू पाँचदेखि नौ वर्ष पुराना थिए। तथ्यांक विश्लेषण गर्ने कम्पनी Graydon Credit safe attributes का अनुसार, यीमध्ये धेरै कम्पनीहरू कोभिड महामारी सुरु हुनु केही समयअघि खुलेका थिए र त्यसपछि उत्पन्न भएका आर्थिक चुनौतीहरू जस्तै ऊर्जा संकट, तलब वृद्धिदर, र मुद्रास्फीतिका कारण स्थिर हुन सकेनन्।

विशेष गरी निर्माण क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको देखिन्छ, जसमा २०२५ को पहिलो चार महिनामा ९२७ कम्पनीहरू bankrupt भएको घोषणा गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १०.३६ प्रतिशतले वृद्धि हो। त्यसपछि यातायात क्षेत्र दोश्रो स्थानमा छ, जहाँ २३७ कम्पनीहरू बन्द भएका छन्, जुन १३.६२ प्रतिशतको वृद्धि हो।

यी Bankruptcy का घटनाहरूले बेल्जियमको रोजगार क्षेत्रमा पनि गम्भीर असर पारेका छन्। अप्रिल महिनामा मात्रै २,२५२ जनाले रोजगारी गुमाएका छन् भने सन् २०२५ को पहिलो चार महिनामा कुल ९,११५ जना कामदार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

Bankrupt भनेको के हो?

Bankrupt भनेको कुनै व्यवसाय वा व्यक्तिले आफ्नो ऋण तिर्न नसक्दा हुने कानुनी कदम हो। आर्थिक दृष्टिले निकै संवेदनशील तर कानुनी प्रक्रिया हो। जब कुनै व्यक्ति वा कम्पनीले आफ्ना वित्तीय दायित्वहरू जस्तै ऋण, कर, तलब समयमै तिर्न सक्दैन र आर्थिकरूपमा पूर्ण असमर्थ हुन्छ, तब उसले अदालतमा गएर आफू Bankrupt भएको घोषणा गर्न सक्छ। अदालतले त्यसपछि ती सम्पत्तिहरू जफत गरेर ऋणदातालाई बाँडफाँट गर्न आदेश दिन्छ। यस प्रक्रियालाई नै Bankruptcy भनिन्छ। यो कुनै अपराध त होइन, तर आर्थिक असफलताको औपचारिक र कानुनी स्वीकृत रूप हो, जुन बेल्जियमजस्ता कानुनी रूपले विकसित मुलुकहरूमा पारदर्शी र व्यवस्थित प्रक्रियामार्फत सञ्चालन गरिन्छ।

यसरी हेर्दा बेल्जियममा अहिले देखिएको Bankruptcy को लहर केवल व्यापारिक घाटा मात्र नभई महामारीपछिको पुनःस्थापनामा चुकिएका कम्पनीहरूको आर्थिक असहजताको स्पष्ट संकेत हो। यदि यही प्रवृत्ति आगामी महिनाहरूमा पनि कायम रह्यो भने यसले देशको रोजगार, कर राजस्व र समग्र आर्थिक वृद्धिमा थप दबाव सिर्जना गर्ने सम्भावना प्रवल देखिन्छ।

– एजेन्सीको सहयोगमा तयार पारिएको सन्दर्भ सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय